Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेले आज टुंग्याउँदैछ प्रत्यक्षतर्फका उम्मेदवार

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिन बैठक बोलाइएको हो ।एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । अध्यक्ष केपी शर्मा ओलीसहित ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालेले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ । शाहीका अनुसार दुर्गम भेकमा रहेका उम्मेदवारहरुलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले उम्मेदवारी टुंग्याउन लागिएको हो । यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल