Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुपन्देहीमा हाजिर गरेर उम्मेदवारी दर्ता गर्न चितवन आउँदैछन् रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा हाजिरी गरेर फर्किएपछि मात्रै चितवनमा उम्मेदवारी दर्ता गर्ने भएका छन् । सहकारी ठगी मुद्दामा धरौटी रकम बुझाएर हाजिरीमा छुटेका लामिछानेको आज बिहानै चितवनबाट रुपन्देही गएका हुन् । रास्वपा जिल्ला सभापति कृष्णप्रसाद भुसालका अनुसार हिजो जनकपुरको सभा सकाएर लामिछाने चितवन आइपुगेका थिए । आज हाजिरी गर्नुपर्ने भएकोले बिहानै अदालतमा हाजिरी हुन रुपन्देही गएका छन् । उनी अदालतको काम सकेर चितवन फर्किने छन् । रास्वपा जिल्ला समिति चितवनले चितवन क्षेत्र नम्बर २ को मन‍ोनयन दर्ता समय साढे १ बजेलाई राखेको छ भने क्षेत्र नम्बर १ मा ३ बजे र ३ नम्बर निर्वाचन क्षेत्रमा साढे २ बजे समय राखेको छ । रास्वपाले चितवन क्षेत्र नम्बर १ मा हरि ढकाल, २ मा लामिछाने र ३ मा सोबिता गौतमलाई उम्मेदवार बनाएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल