Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाम एकताको नाममा नफस

नेकपा एमालेको नेतृत्वमा केपी ओली जस्तो घमण्ड र अहंकारको भकारी हुँदासम्म अरु वामपन्थी हौ भन्नेहरूले एमालेको भड्खालोमा फस्न हुँदैन । जिते आफ्नै बलले, पराजित भोगे गठबन्धनको घात भन्दै सहयात्रीसँग शत्रुता ठान्ने एमाले चरित्र छ । झन केपी ओलीलाई त एमाले भनेर हुँदैन । उनलाई बरु हिजोका सुन तस्कर दीपक मलहोत्रा, विचौलिया दिपक भट्ट, कालो बजारका नायक शुलभ अग्रवाल, पवन गोल्यान जस्ताको सेवा मनपर्छ । विद्युत प्रयोग गर्ने महशुल नतिर्ने उद्योगी, व्यापारी ओलीका विश्वासी बन्छन् । तर नेपाली वामपन्थी शक्तिका हागा बिगालाई मौका अनुसार प्रयोग गरेर आफू उम्कने अरुको संगठन ध्वस्त बनाउने ओली नीति भएको बुझ्न सकिन्छ ।
आफ्नै पार्टीलाई विवादरहित बनाउन नसक्नेसँग चुनावी गठबन्धन गर्नु ठिक थिएन । आफूसँग प्रतिस्पर्धी देख्न नसक्ने अरुलाई भिडाएर मज्जा लिने ओली प्रवृत्तिले पार्टीको एघारौं महाधिवेशनमा देखिएको विद्युतीय मेशिनमा धाँधली, शंकर पोखरेललाई जिताउन निर्वाचन सार्दै मतदातालाई मासुभात, मादक पदार्थको व्यवस्था गर्दा गरेको खर्चको श्रोत पार्टीमा खोजी हुँदैछ । किनकि अख्तियारले नै आर्थिक विचलनमा परेको ठहर गरे पनि ओलीका छायाँबाट जोगिएका अनुहार, अनुशासन आयोगको अध्यक्ष बन्नु नै स्वच्छता हो ।
ओलीको एकाधिकारवादमा रमाउनेले पद पाए संसदको टिकट पाउलान् चुनाव खर्च जुटाउलान् । तर जिल्ला र प्रदेशले स्वीकारेका उम्मेदवार महाधिवेशनमा ओली इतर हुनेले साथ पाउने छैनन् । ओलीवादमा फसनु सट्टा राष्ट्रियसभाका २ सिट त्याग्नु र आफ्नो उपस्थिति छुट्टै देखाउनु नेपाली कम्युनिष्ट पार्टीको निर्णय समय सापेक्ष छ । जेनजी आक्रमणले सत्ता छाडेर भाग्नेलाई नेता मान्नु एमालेमा उनै ओलीको नुन पानी खानेलाई बाध्यता हुनसक्छ । अरुले त्यो दमन शोषण सहने अवस्था छैन ।
एक माघले जाडो जाँदैन । ओली शासन पार्टीमा होस् वा सरकारमा निरंकुश नै छ । जसले आफू, आफ्ना गुट र दादागिरीलाई निशर्त स्वीकार्नेहरू बाहेकलाई महत्व दिँदैन । अहिले २ सिट लिएर जेनजी आन्दोलनको कत्लेआमलाई नदेखेझैं गर्नु सट्टा त्यसका अपराध, दुई तिहाईको सरकारको गलत प्रयोग हेरे पुग्छ । आँखै अगाडि भ्रष्टाचार विरोधी पारदर्शीताको एजेन्डा प्रस्तुत गर्ने र शिक्षा र रोजगारको क्षेत्रलाई जनमुखी बनाउनु भन्दा दमन गर्ने एमाले र काँग्रेसको साथ खोज्नु विचार र सिद्धान्तमा अडिक बन्नु उत्तम हो भन्ने कुरा बुझ्नुपर्दछ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल