Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसले गर्‍यो जनकपुरको चुनावी सभा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गतेका लागि जनकपुरमा आयोजना गर्ने भनेको ‘मधेश प्रदेशस्तरीय चुनावी सभा’ स्थगित गरेको छ। निर्वाचन आयोगको कडा निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण पार्टीले उक्त कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो। नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभागका प्रमुख नितेशकुमार गुप्ताका अनुसार, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र त्यसपछिको राजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले जारी गरेको परिपत्रलाई सम्मान गर्दै सभा स्थगित गरिएको हो। यसअघि कांग्रेसले मधेश प्रदेशका आठै जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता र समर्थक उतारेर जनकपुरधाममा शक्ति प्रदर्शन गर्ने व्यापक तयारी थालेको थियो। हामीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी र नैतिक जिम्मेवारीलाई आत्मसात् गरेका छौँ, प्रचार विभाग प्रमुख गुप्ताले भने, आयोगको पछिल्लो निर्देशनका कारण पूर्व निर्धारित कार्यक्रमलाई हाललाई स्थगित गरी अनुकूल समयमा आयोजना गर्ने निर्णयमा पुगेका हौँ। सभामा पार्टी सभापति गगन थापासहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। अन्तिम समयमा आएर कार्यक्रम रोकिएपछि स्थानीय कार्यकर्तामा केही अन्योल देखिएको छ। प्रदेश समितिले ठूला सभा रोकिए पनि पार्टीको आन्तरिक बैठक, संगठन विस्तार र चुनावी तयारीका अन्य प्राविधिक कामहरूलाई भने निरन्तरता दिने जनाएको छ। राष्ट्रिय सभाको निर्वाचन भइरहँदा आयोगले तडकभडक र ठूला सभामा कडाइ गरेपछि कांग्रेसले आफ्नो रणनीति बदल्दै कार्यक्रम पछि सारेको बुझिएको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल