Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक रहेको बताएका छन् । परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरसहित विभिन्न मठ मन्दिरमा पूजापाठ गरेका छन् । पूजा सम्पन्न गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो पारिवारिक धार्मिक यात्रा मात्र भएको स्पष्ट पारे ।सोमबार दिउँसो जानकी मन्दिर पुगेका पूर्वराजा परिवारलाई समर्थकहरूले स्वागत गरेका थिए । जानकी मन्दिरमा पूजा गरेपछि पूर्वराजा शाह करिब आधा किलोमिटर पैदल यात्रा गर्दै राम मन्दिर पनि पुगेका थिए । यात्राका क्रममा हिन्दुवादी संघसंगठन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका कार्यकर्ताहरूले ‘राजा आऊ, देश बचाउ’ भन्ने नाराबाजीसमेत गरेका थिए ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल