Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानलाई बढ्दैछ दबाव

काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई निर्वाचन जित्नै संकट पर्ने देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगको १२ दिने संगतले संकटमा पारेको हो । गत भदौ २३ र २४ गते भएको जेन(जी आन्दोलनले नयाँ शक्तिहरू एकजुट हुनुपर्ने सन्देश दिएको र पुराना राजनीतिक शक्तिलाई चुनौती दिन नयाँ शक्ति निर्माण गर्ने भन्दै दुई पार्टीबीच एकता भएको थियो । गत पुस १४ गतेको अचानकको एकतापछि शक्ति बाँडफाँट र पदीय भागबण्डा नमिल्दा दुई पार्टीहरू १२ दिनमै अलग्गिए । तर यो निर्णयबाट सबैभन्दा झट्का कुलमानले भोगेका छन् । ५० हजार रुपैयाँ शुल्क तिरेर बन्दसूचीको नाम बुझाइसकेको उज्यालो नेपालले १४ गते नाम फिर्ता लिएर रास्वपासँग सहयात्रा गर्दा कुलमानले सयौँ नेता कार्यकर्ता गुमाए । समानुपातिकको समय घर्किएपछि कुलमान झन्डै घरका न घाटका भए । उनले समानुपातिकका उम्मेदवारसँगगै कयौँ नेता पनि गुमाए । आइतबार मात्रै १५ जना केन्द्रीय सदस्यले उज्यालो नेपाल छाडे । त्यसअघ इलामका डकेन्द्र थेगिमहरू पनि बिदा हुँदा कुलमानलाई दबाब बढेको छ । जेनजी अभियन्ता सुदन गुरुङको सक्रियतामा पुस १४ गते उज्यालो नेपाल र रास्वपाबीच फिल्मी शैलीमा एकता भएको थियो । हतारमा एकता गरेका दुई पार्टीहरूबीच सहमति पालना नसक्दा एकता भङ्ग भएको कुलमानले स्वीकार गर्दै आएका छन् । रास्वपाका नेताहरूको अपरिपक्वताका कारण भद्र एकता तोडिएको उनी पक्षका नेता महेन्द्र लावती बताउँछन् । एकता परिपक्व नहुनाले टिक्न नसकेको भन्दै नेताहरूले सुरुवातबाट नै एकता भङ्ग गरेर अगाडि बढ्न सुझाव दिए पनि कुलमानले अन्तिमसम्म मिल्ने प्रयत्न भने गरिरहेका थिए । तर, रास्वपाका सभापति रवि लामिछानेपछिका नेताहरूले मिल्न नदिएको कुरा कुलमानले सार्वजनिक रूपमै आरोप लगाउँदै आएका छन् । यता रास्वपा उपसभापति डिपी अर्यालले भने आज एउटा कुरा गर्ने र भोलि अर्को कुरा गर्ने कारण कुलमानसँगको सहयात्रा टुटेको दाबी गर्छन् । दुवै पक्षका नेताहरू तत्कालका लागि एकता टुटे पनि भविष्यमा सहकार्य हुने दाबी गरिरहेका छन् । त्यसपछि कुलमानले समानुपातिकमा बाँसुरी चुनाव चिह्नलाई सघाएर प्रत्यक्षमा देशभर आफ्ना उम्मेदवार उठाएको छ । तर उम्मेदवारहरूलाई आँकलन गर्दा कुलमान र केही उम्मेदवारबाहेक कसैले जित्ने सम्भावनासम्म देखिँदैन । कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिकमा बाँसुरी चुनाव चिह्नमा मतदान गर्नेछ । बाँसुरी चुनाव चिह्नबाट केन्द्रमा राजेश पोर्तेल सभापति छन् । उज्यालो नेपालले आमजनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि सहकार्य गर्न खोजेको थियो । तर, अहिले लो प्रोफाइलमार्फत् अगाडि बढ्ने एजेण्डासहित बाँसुरी चुनाव चिह्नमा मतदान गर्ने गरी अगाडि बढेको कुलमाननिकट नेता महेन्द्र थापा बताउँछन् । थापा भने अहिले तत्काल केही उपलब्धि नभए पनि भविष्यमा आफ्नो पार्टीलाई जनताले नेतृत्वदायी तहमा पुर्‍याउने दाबी गर्छन् । कुलमानको सचिवालय पनि अहिले नआत्तिई अघि मुडमा रहेको बताउँछन ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल