Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी जिताउनेजिम्मा यिनको चाहिँ होइन ?

काठमाडौँ । आफूले टिकट पाए मात्रै जिल्ला जाने टिकट नपाए फर्किएर नजाने प्रवृत्तिले पार्टीलाई घाटा लगाउँछ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति, दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्रीसहितका नेता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छैनन् । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशन अघिसम्म सभापति रहेका शेरबहादुर देउवा, उपसभापति पूर्वबहादुर खड्का देउवाले असोज २८ गतेदेखि कार्यवाहक सभापतिको जिम्मेवारी दिएका, अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू बद्री पाण्डे, उमाकान्त चौधरी र जीवन परियार प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छैनन् । महामन्त्री शर्मा विशेष महाधिवेशनबाट उपसभापतिमा सर्वसम्मत चयन भएकाले पार्टीको ‘निर्वाचन परिचालन समितिको संयोजक भएर काम गरिरहेका छन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि सभापति गगन थापाले निवर्तमान पदाधिकारीहरूसँग भेट पनि गरेका छैनन्, जिम्मेवारी पनि दिएका छैनन् र निर्वाचनमा उम्मेदवार पनि बनाएनन् । चाहनाविपरीत उम्मेदवार बन्न नपाएपछि प्रायः नेता काठमाडौँबाट आफ्नो गृहजिल्ला गएका छैनन् । उनीहरू जिल्लामा नपुग्दा कांग्रेसको पक्षमा माहोल जति बन्नुपर्थ्यो, त्यति बन्न सकेको छैन । यी पदाधिकारीबाहेक पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र डा। शशांक कोइराला तथा नेताहरू बालकृष्ण खाण, रमेश लेखक, बलबहादुर केसीलगायत पनि यो निर्वाचनमा उम्मेदवार छैनन् । सभापति थापाले प्रत्यक्षतर्फ १६५ जना उम्मेदवार तय गर्दा १०६ जना नयाँ नेतालाई टिकट दिएपछि पुराना नेताहरू कामविहीन बनेका हुन् ।निवर्तमान सभापति देउवा अहिले काठमाडौँमै छन् । उनका स्वकीय सचिव भानु देउवाले निर्वाचनमा प्रचार प्रसारका लागि आफ्नो जिल्ला डडेलधुरालगायत स्थानमा जाने तयारी रहेको तर कहिले जाने निश्चित भइनसकेको जानकारी दिए । अहिले पनि अन्तिम पटक उनको प्रतिस्पर्धा गर्ने चाहना थियो, तर अन्तिममा उनले निर्वाचन नलड्ने घोषणा गरे । देउवाको स्थानमा अहिले युवा नेता नैनसिंह महर उम्मेदवार बनेका छन् । निवर्तमान कार्यवाहक सभापति खड्का पनि अहिले काठमाडौँमै छन् । खड्काका स्वकीय सचिव गौतम बीसीले निर्वाचनको प्रचार प्रसारका लागि गृहजिल्ला लगायत स्थानमा जाने तयारी भइरहेको र समय निश्चित नभएको रातोपाटीलाई जानकारी दिए । खड्का यसअघि सुर्खेत–१ बाट निर्वाचन लड्दै आएका थिए । खड्का आफैँले केही दिन अगाडि आफू निर्वाचन नलड्ने तर, पार्टीको तर्फबाट उम्मेदवार बन्नेलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका थिए । निवर्तमान उपसभापति गुरुङ आफ्नो गृह जिल्ला स्याङ्जा पुगेर शुक्रबारमात्रै काठमाडौँ फर्कदैछन् । १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित र विशेष महाधिवेशनबाट उपसभापतिमा बढुवा भएका शर्मालाई भने सभापति थापाले निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएका छन् । यो निर्वाचनमा आफू उम्मेदवार नबन्ने, पार्टीलाई जिताउन लाग्ने बताएका शर्माले निर्वाचनको रणनीति बनाउने काम गरिरहेका कांग्रेसको केन्द्रीय कार्यालयले जानकारी दियो । उनी माघ १९ गते झापा–२ मा हुने चुनावी सभालाई सम्बोधन गर्न जाँदैछन् । अघिल्लो निर्वाचनमा शर्मा झापा–१ बाट निर्वाचित भएका थिए । १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित र विशेष महाधिवेशनबाट उपसभापति भएकी पुष्पा भुसाल पनि चुनावी रणनीति बनाउन काठमाडौँमै छन् । अर्का उपसभापति शर्मा र उनले अहिले कांग्रेसको निर्वाचन कमाण्ड सम्हालिरहेका छन् । निवर्तमान सहमहामन्त्री बद्री पाण्डेले यो पटक निर्वाचन नलडी पार्टीको काममा लाग्ने घोषणा गरेका थिए । पाण्डेले आफू शनिबार बिहान गृह जिल्ला बाजुरा जान लागेको जानकारी दिए । ‘भोलि बाजुरा जाँदैछु । त्यहाँ उम्मेदवारसहित प्रचार प्रसारमा सहभागी हुने योजना छ । एक हप्ता जति बसेर अन्य जिल्लामा पनि प्रचार प्रसारका लागि जाने योजना बनाएको छु,’ पाण्डेले रातोपाटीसँग भने । गत निर्वाचनमा पाण्डे बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी जेनजी आन्दोलन हुने बेलासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । अर्का निवर्तमान सहमहामन्त्री परियार भने गृह जिल्ला कास्कीमा छन् । माघ ११ गते कास्की पुगेर चुनावी प्रचार प्रसारमा लागिरहेको परियारले रातोपाटीलाई बताए । परियार अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद भएका थिए । पूर्वमहामन्त्री प्रकाशमान सिंहको गृह जिल्ला नै काठमाडौँ हो । यसअघिका ३ निर्वाचनमा काठमाडौँ–१ बाट प्रत्यक्ष जितेका सिंह अहिले उम्मेदवार बन्न चाहे पनि विशेष महाधिवेशनबाट आएको कार्यसमितिले उनलाई टिकट दिएन । उनी काठमाडौँमै भए पनि चुनावी प्रचार–प्रसारमा हिँडेका छैनन् । उनको सचिवालयका अनुसार घरमा आएका उम्मेदवारलाई भेट्ने र जितको शुभकामना दिने गरे पनि सिंह चुनावी कार्यक्रममा सहभागी भएका छैनन् । कतै जाने कार्यक्रम पनि तय भइनसकेको उनी निकट एक नेताले जानकारी दिए । नवलपुर–१ बाट ०६४ पछि ०७९ सम्मका सबै निर्वाचन जित्दै आएका अर्का पूर्वमहामन्त्री डा। शशांक कोइराला पनि अहिलेसम्म चुनाव प्रचार प्रसारका लागि जिल्ला गएका छैनन् । उनी फागुन ४ गतेसम्म जिल्ला जाने कार्यक्रम नबनेको सचिवालयले जानकारी दिएको छ । त्यसपछि भने जिल्ला जाने सचिवालयका सदस्यहरू बताउँछन् । निर्वाचन जित्दै आएको नवपुलर–१ मा डा. कोइरालाले निर्वाचन लड्न चाहे पनि सभापति थापाले टिकट दिएका थिएनन् । तत्कालीन महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई निवर्तमान सभापति देउवा समूह र नेता डा। शेखर कोइराला समूहले स्विकारेका छैनन् । निर्वाचन आयोगले विशेष महाधिवेशन विधानविपरीत भन्दै उनीहरूले दिएको निवेदन अस्वीकार गर्दै मान्यता दिएपछि सर्वोच्चसम्म पुगेका छन् । माघ ४ गते उनीहरूले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलको इजलासले माघ ६ गते निर्वाचन आयोगलाई १५ दिनभित्र लिखित जबाफ आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत पेस गर्न भनेको छ । त्यो १५ दिन माघ २१ गते पुग्ने र त्यसपछि सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसपछि मात्रै के गर्ने भन्ने निर्णय लिइने सो समूहका नेताहरू बताउँछन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल