Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा मारेको छ । नक्कली नोट छपाइ गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो । बिहार राज्यको सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्सले गरेको संयुक्त कारबाहीमा नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर नष्ट गरेको भारतीय प्रहरीले जनाएको छ। छापा मार्ने क्रममा प्रहरीले २५ लाख नेपाली नक्कली नोट, एक लाख ४० हजार सक्कली नेपाली रुपैयाँ, एक हजार ८५० नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, नोट विशेष सादा २२ बण्डल कागज, रसायन लगायतका सामग्री बरामद गरेको बिहार पुलिसले जनाएको छ। नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीनवटा मोटरसाइकल र कार पनि नियन्त्रणमा लिइएको छ । उक्त गिरोहले खुला नेपाल–भारत सिमानाको फाइदा उठाउँदै निर्वाचनको समयमा नेपालमा नक्कली नोट तस्करी गर्ने र बजारमा बिक्री गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । निर्वाचनको संवेदनशील अवधिमा आर्थिक अराजकता सिर्जना गर्ने र राजनीतिक गतिविधिलाई प्रभावित पार्ने उद्देश्यले यो नियोजित कारबाही भएको भारतीय प्रहरीले आशंका गरेको छ। भारतीय प्रहरीले नक्कली नोटको कारोबारलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामा गम्भीर खतरा भएकाले घटनालाई उच्च प्राथमिकता दिएको बताएका छन्। नेपाल र भारत दुवै ठाउँमा सक्रिय गिरोहको खोजी तीव्र पारिएको बुझिएको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल