Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कालोसूचिका महानुभाव माननीयको लाइनमा

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको छ। आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा पेस भएका बन्दसूचीबारे प्राप्त उजुरी, प्रचलित कानुनअनुसार उम्मेदवारको योग्यता तथा अयोग्यता, आयोगका विभिन्न निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रुजु गर्दा उक्त संख्यामा नाम हटाउनुपर्ने अवस्था देखिएको हो। नाम हटाइएका उम्मेदवारमध्ये २१ जना कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका छन् । २५ जनाको नाम प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत कायम रहेको पाइएको छ। यस्तै, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर पूरा नभएका ४ जना र मतदाता नामावलीमा नाम समावेश नभएका १ जनाको नाम पनि हटाइएको छ।
यसका साथै, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नपरेका २ जना, महिला उम्मेदवार पेस गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको १ जना तथा सम्बन्धित राजनीतिक दलको आग्रहमा नाम हटाइएका १० जना छन्। एकभन्दा बढी कारणका आधारमा अयोग्य ठहर भएका उम्मेदवारको संख्या २ रहेको आयोगले जनाएको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल