Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फस्लान् प्रचण्ड बचाउ माधव

उपाय छैन । चार पटक प्रम भएको नेता पार्टीमा चलाइएको हैकमले जनतामा उस्तै पारा प्रस्तुत गर्दा प्रतिस्पर्धीलाई होच्याउन पछि पर्दैन । हिजो सहयात्रीहरूले आफ्नो पद खोस्छन् भनेर दलालको झुण्डामा रमाउँदाको फल फुल्न नपाउँदै आफैंले खेदेका नेतासँग खासखास स्थानमा गठबन्धन गर्नु पर्ने तर्क आफ्ना गोठालाहरूमार्फत् पस्केकै छन् । आफ्नै धरालत थाहा नपाउने गरी होस गुमाएको एमाले नेतृत्वले जनतालाई फेरि झुक्याउने गरी नेकपाका प्रचण्डलाई उचाल्दैछन् । प्रचण्डले भन्न सक्छन् आफ्ना लागि ओलीजीले भनिहाले शरणकी मरण भन्छन् सहकार्य गरौं । यहाँ खबरदारी आवश्यक छ । चुनाव जित्नु र हार्नु ठूलो कुरा होइन । एकीकृत वामपन्थी शक्ति ध्वस्त बनाएर नक्कली भुटानी शरणार्थी काण्ड दबाउने, भिजिट भिसा काण्ड पैदा गरेर देश लुट्नेसँग सम्बन्ध नजोड भन्ने हो । चुनाव प्रचण्ड र माधव दुवैले जित्लान् तिनले जेनजी आन्दोलन दबाएका थिएनन् । ओलीवादले ध्वस्त बनाएको एमालेमा राम्रा पनि छन् । जो राम्रा छन् व्यवहार गर्न लायक छन् तिनले टिक पाएनन् । बोलीमा छुद्रता लागे पनि देखेको स्पष्ट बोल्न अरुको चित्त बुझाउने पनि त्यहाँ थिए । चुनाव जितेको भोलिपल्ट प्रचण्डलाई नेता मान्न सकिँदैन भनेर नेकपा फुटाउन आगोमा घिउ थप्ने आफू कोरोनाकालमा लुट्ने नेपाल ट्रष्टको जमिन थामसेर्कुलाई सुम्पेर धन आर्जन गर्नेहरू पनि त्यही छन् । तिनकै कारण राष्ट्रपतिले समाजमा उत्कृष्ट काम गरेबापत सम्मानस्वरूप दिने पदक तथा विभूषण विवादमा परेको हो । यस्ता दर्जनौं काण्डसँगै साधारण जनताले भोगेको जेनजीको आवाज दबाउँदा १९ विद्यार्थीको ज्यान लिने पौरखीसँग प्रचण्ड फस्लान् माधव नेपाल, वामदेव गौतमहरू होसियार हुनैपर्छ । यो निर्वाचन मुलुकमा जनसेवी काम गरेर पनि विचार र सिद्धान्त भएका पार्टीमा विधि र पद्दतिको विकास गर्न अग्रसर माधव–वामदेवको नियन्त्रणमा छैन । तर जनताले सत्य छुट्याउँछ अपराध चिन्छ । काँग्रेसको युवा पुस्ताले पद र कुर्सी आफ्नै पेवा ठानेको थेच्चर पुस्तालाई थान्को लगायो । एमालेमा २ वर्ष अगावै नेतृत्व चुनियो । तर देशभर कार्यकर्तालाई खबरदारी गर्दै कसैलाई ऋण कसैलाई जागिर, कसैलाई ठेक्का मिलाउने कबोल गरेर बनेको पार्टीको नेतृत्वमा अध्यक्ष, उपाध्यक्षहरू र महासचिवकै स्थिति दयनीय बन्नुमा तिनले सत्तामा रहँदा गरेका भेदभावपूर्ण व्यवहार र विकाउ चिन्तन नै हो । घेराबन्दीमा एमाले पर्नुको कारण नै केपी हुन् । जसले लिखतमा तयार पारेको चुनावी घोषणापत्रको बारम्बार खिल्ली उडाएका छन् । अहिले मुल दोषी एमालेको ओली ब्राण्ड हो जुन ब्राण्डले समुद्र बिना पानी जहाज चलाउँछ, लिग बिना रेल कुदाउँछ । ग्यासको सिलिण्डर जरुरी छैन पाइपबाटै घरघरमा पठाउँछ । प्रचार त राम्रै हो । कल्पना गर्न पाइन्छ । तर आधार बिनाको योजनाले उल्लु बनाउँछ । ओलीका हिजोका प्रचार विज्ञ आज छैनन् । जयजयकार गर्ने फेसबुके, युट्युबर उर्लने बेला भएको छैन । पैसाका थैला आउन शुरु भएको छ । गठबन्धन जनताको मानसिकता आफू विपरित पाएपछि प्रस्ताव गर्नु मुख्र्याइ र हेपाई पनि हो । ओलीले सोचेका थिए जेनजी आन्दोलनले मलाई छुँदैन, दुई तिहाईको बहादुर म । तर तिनको घमण्ड २४ घण्टा टिकेन । सत्ता नै खोसियो । धन्न नेपालको सेनाले संविधानको रक्षा गर्ने राष्ट्रपतिलाई मान्यो । जनयुद्धकै समयमा जनतामा नांगिएको नेपाली सेनाको पनि त्यो तागत थिएन । कुरा त जे गरे पनि हुन्छ । राज्यको सेनाले अग्रसरता लिएको भए सिंहदरबार जल्ने थिएन, राष्ट्रपति भवन पोलिने थिएन, प्रहरीको के कुरा गर्नु त्यो अझै पनि एमाले काँग्रेसकै भगिनी संगठनकै रूपमा छ । उखानै छ, मुर्खदेखि दैव डराउँछ । आज ओलीको मुर्ख प्रवृत्तिको शिकार देश हुँदा ओलीहरू, रवि, बालेन, कुलमान र हर्कको छायाँबाट तर्सेका छन् ।

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल