Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अहंकारको घैला क-कसको फुट्ला ?

काठमाडौं । आफ्नो अनुकुल नहुनासाथ मध्यावधिको पासा लडाउने केपी ओलीलाई यस पटक संकट छ । ०५१ सालमा भद्र प्रधानमन्त्री मनमोहन अधिकारीलाई प्रयोग गरेर मध्यावधि हानेका केपी ओलीलाई त्यही बेला सर्वोच्च अदालतले सबक सिकाए पनि आफ्नो बानी छाडेनन् । तर उनले त्यो आफ्नो चरित्र र व्यवहार नेकपा कालमा २ चोटी प्रदर्शन गरे दुवै पटक उनकै भागवण्डाका न्यायमूर्तिहरूले ओलीको एजेन्डा लत्याएर संसुद पुनस्र्थापना गरे । यस पटक ओली आफैं ज्यान छाडेर भागे पनि परिस्थिति सहज बन्दै जाँदा संसद पुनस्र्थापनाको झ्याली पिटे । देश चुनावमय भयो । ओलीको कारण चुनावमय भएको देशमा काँग्रेसको सुस्त समूह लिएर सर्वोच्चको ढोका ढकढक्याउन केपी ओलीले कारिन्दा खटाए पनि केही लागेन । उनी आफू चुनाव जित्न प्रचण्ड र माधवसँग लम्पसार परेकै छन् । अरुका काँधमा बन्दुक राखेर पडकाउन सजिलो छ । तर आफू प्रधानमन्त्री भएकै बेला १९ जना विद्यार्थीमाथि गोली प्रहार गरी हत्या भएपछि प्रहरीलाई कसैले गोली चलाउ भनेर ओदश दिएको थिएन भनेर उम्कने ठाउँ हुँदैन । अह्राएको काम गर्ने प्रहरीले आदेशको पालना गरेर रिपोर्ट दिने हो । ओलीलाई समयमा रिपोर्ट नपुगेको होइन । तर उनी सुरक्षा प्रमुखहरूलाई हामी दुई तिहाइ बहुमतमा छौं भन्दै धम्क्याउने गर्थे । ती सुबै त्यही छन् आवश्यक परे उतार्न सकिन्छ । यस पटकको मध्यावधिका प्रमुख कारक नै ओली हुन् । उनीप्रति त्यति ठूलो आक्रोश चुलिनुमा कुलमान घिसिङ खेद्नु, विद्युत महसुल उठाउन नदिनु, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोगाएर असहाय बालबालिकाकी संरक्षक उपसभामुख इन्दिरा रानामाथि प्रहार गर्नु हो । चुनावले ओली, रवि र बालेनहरूको समिक्षा गर्छ । आज यिनै मात्र प्रतिस्पर्धी जस्ता छन् । मुलुकलाई समाजवाद उन्मुख अर्थतन्त्रमा लैजाने योजनासहित छरिएर रहेका टुक्रा टाक्री बोटल्न व्यस्त नेकपाको धरातल पनि देखिन्छ । भाद्र २३ र २४ मा गरी ७७ जनाको मृत्यु भएकै हो । त्योबेला सत्तामा काँग्रेस, एमाले थिए । काँग्रेसले त्यो सत्तासँग जोडिएका धेरैलाई चुनावमा उम्मेदवार बनाएन । जो उम्मेदवार छन् उनले भाद्र २३ नआउँदै युवाहरूको आवाज सम्बोधन गर्दै फेसबुक बन्द प्रक्रिया खोलौं भनेका थिए । उनी हुन् प्रदीप पौडेल । अपराध आफू गर्ने आफ्नो टिममाथि आक्रमण भयो भनेर फेसबुक बन्द गराउने केपी ओलीका दाश पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री थिए । तीनलाई यस पटक लमजुङमा चुनाव जित्न कठिन छ । जो आफैं देशले पाउने १९ अर्ब राजश्वमा रु ६ अर्ब घटाइँदा केपी ओलीको निकै तारिफ गर्थे । ७७ जनाको चिहानमाथि हुँदै गरेको चुनाव तिनै नरसंहारकर्ता उम्मेदवार छन् । तिनैले चुनाव जित्न हिजो आफैंले गलहत्याएका प्रचण्ड र माधवलाई गुहार्दैछन् । डा. आरजु राणा, दिपक खड्का जस्ता कलंकलाई काँग्रेसका युवा पुस्ताले थान्को लगाउँदा एमालेले केपी ओली, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङहरूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्दै जनता केही होइनन् नेकपा एमाले र केपीनै सबै हुन् भन्न खोजेकोछ । काँग्रेसले देउवालाई सजायँ दियो, दाग लागेका मन्त्री हटाउ भन्दा देउवा मानेका थिएनन् । त्यसैको दण्ड उनले पिटाई खाए, पैसाको गोदाममा आगो लाग्यो । दरबार खरानी भयो । त्यो बेलाका दागी रमेश लेखक, डा. आरजु राणा, दिपक खड्का नै थिए । एमालेका दामोदर भण्डारी, नवराज अधिकारी पर्थे तर विष्णु पौडेल, पृथ्वीसुब्बा नपर्न सक्थे । एमालेले थान्को लगाउनु पर्ने केपीलाई झापाली जनताले थान्को लगाउनु पर्ने दायित्व छ । यस पटक रास्वपाका वरिष्ठ नेता बालेन शाह ओलीसँग प्रतिस्पर्का गर्दैछन् । जहाँ अ‍ोली भन्दा अब्बल बालेन शाह र रञ्जित तामाङ उम्मेदवार छन् । तर ओली तासको तुरूप बनेर झापामा कुदेका छन् । ओलीका अगाडि बालेन बतासे चल्ला, ठुटे सिङ भएको गोरु, महेत्तरी र धनुषा जस्तो गुइँठा बाल्नु पर्ने झापा होइन भन्ने कुरा निर्वाचन आचारसंहिताको कुन बुँदाले प्रभावित पार्छ आयोगले जाँच्ला । तर डर, त्रासले ओली, अधिकार र शक्ति गुमाएका शेरबहादुरसँग गुहार मागेका छन् । आफैं खेदेका प्रचण्ड र माधवसँग अन्तमा गठबन्धन गर्नु पर्ने प्रस्ताव गर्ने अहंकारी स्वभाव एकाएक नरम कसरी ? यहाँ ओलीलाई डर छ, कार्यकर्ताप्रति अविश्वास बढेको पुष्टि हुन्छ । उम्मेदवार दलप्रति दल जनताप्रति समर्पित हुनुपर्ने चुनावमा ओलीलाई परमेश्वर मानेर जनतालाई तर्साउने घमण्ड अब टिक्दैन ।
जसको एजेन्डा नै छैन त्यो व्यक्ति आश्रित हुन्छ । ओलीको एजेन्डा हिजो के थिए, कति पुरा गरे ? उनले एक वर्ष २ महिना दुई तिहाईको शासन चलाउँदा जनतालाई दिएको भ्रष्टाचार, कालोबजार र तातो गोली नै हो । कतिलाई रोजगार दिए ? एमालेका लागि अस्तित्व रक्षा बनेको यो चुनाव नयाँ पार्टीको उपस्थिति गहन छ । ०७९ को चुनावको रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टी टेष्टेड फेल भइसक्यो । उपेन्द्र र महन्त जोडिने र टुक्रिने गरेकै छन् । चुनावी प्रचारमा प्रयोग भएका सामाजिक सञ्जालभित्र विदेशमा भएका ५३ लाख नेपालीले जेनजीका दमनकारीको परिचय भुल्दैनन् । नयाँ थपिएका ११ लाख मतदाताको साथ काँग्रेसको भ्रष्ट समूह र एमालेको ओलीपथमा नहुनसक्छ ।
रविको रास्वपालाई बालेनको देश दौडाहाले कति थेग्छ कति जोगाउँछ । कुलमान र हर्क राईको चुरीफुरी उनीहरू आफैंमा सीमित छ । यी केपी जस्तै अहंकार र घमण्डी थिएनन् भने रास्वपा अझै बलियो शक्ति बन्न सक्थ्यो । नेकपालाई चुनौती त्यहाँ थियो । जेनजी मुद्दा ०७२ सालमा संविधान जारी गर्दैमा आठ सूत्रीय असहमति दर्ज गरेको तत्कालिन माओवादी आज समाजवाद उन्मुख बाटोमा लागेको छ । ओलीले नपचाएका वामदेव र माधव नेकपालाई ठूलो पार्टी बनाउन कम्मर कसेर लाग्दा ओलीकै फोन प्रचण्ड र माधवलाई आउनु अहंकारको घैलो फुट्नु हो ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल