Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई मंगलबार दिउँसो काठमाडौंको टेबहालबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सो पार्टीले निर्वाचन बहिष्कारको घोषणा गर्दै विरोधका कार्यक्रम अघि बढाएपछि बाँस्तोलालाई पक्राउ गरिएको हो। पार्टीका अन्य केही नेताहरू पनि निगरानीमा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। यस्तै, दुर्गा प्रसाईं निकट एसपी साहलाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि पनि निर्वाचन अवरोध गर्ने गतिविधिमा संलग्न भएको आरोप छ। यसअघि सोमबार प्रहरीले दुर्गा प्रसाईंलाई समेत पक्राउ गरेको थियो। उनलाई चार दिनसम्म थुनामा राख्न जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको छ। सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल