Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

काठमाडौं । देशभरका विभिन्न निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ करिब ४५ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आधाभन्दा बढी मत पाएको छ । आज बिहान साढे ८ बजेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा हेर्दा रास्वपाले कुल सदर मतको करिब ५७ प्रतिशत मत पाएको देखिन्छ ।
दोस्रो स्थानमा रहेको कांग्रेसले करिव १८ प्रतिशत मतमात्रै पाएको छ । एमाले र राप्रपा करिव–करिव ८र८ प्रतिशतको नजिक छन् । एमाले र राप्रपाबिच करिव ५० मतको फरकमात्रै छ । निर्वाचन आयोगले देशव्यापी संकलन गरेर अद्यावधिक गरिरहेको यो विवरण निकै प्रारम्भिक हो । कुल खसेको मतको एक प्रतिशत पनि गणना नभएका बेलामा यस्तो प्रारम्भिक आँकडा सार्वजनिक भएको हो । अहिलेसम्मको आँकडामा रास्वपा, कांग्रेस, एमाले र राप्रपा बाहेक अरुले ३ प्रतिशत मत कटाएका छैनन् । समानुपातिक प्रणालीमा सांसद पद दावी गर्न ३ प्रतिशत मत कटाउनुपर्छ ।


सम्बन्धित समाचार

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल