Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

के गर्लान् दलाल र भरौटेहरू ?

चुनावमा कल्पनाको विकास र हल्ला पिटायो । जब ठूलो दलको रुप धारण ग¥यो रमाइलोमै बितायो । हिजोको कविता आज भट्यायो । सरकारी योजना हावादारी ल्यायो । बजेटको श्रोत व्यवस्थापन नहुँदै योजना बनायो ठेक्का लगायो । काम हुँदैन । गणतन्त्रमा गणतन्त्रकै बदनाम गर्न तिनै लालायित थिए । तिनले नत जनताको दैनिकी बुझे, नत महंगी नियन्त्रण, कालो बजारमाथि प्रहार गरे । आज त्यो गफ जनताले सुन्दैन । केपी ओलीका कार्यकर्तालाई ओलीकै आश्वासन मन पर्दैन । त्यही कारण झापा ५ बाट उनलाई बिदा गरियो ।
दलाल र भरौटेका योजनामा रमाएकाहरू आज रनभुल्लामा परेका छन् । हिजोको सरकारले आफ्नो काम झूठ र आश्वासन बाँडेर सिंहदरबार ताक्ने थियो । जनताका बीचमा बोलेका कुरा कार्यान्वयन गर्न चासो नदिने आफू मात्र देशको मालिक ठान्ने तीनले यस पटक सहेको अपमान भोलि इगोमा जान सक्छ । पार्टी त केबल प्रचारमा रमाउने अस्त्र बन्दैछ । गणतन्त्रको १८ वर्ष छोटो समयमा होइन जुन समय खेर फाल्ने काम तिनैले गरे जसले जसको एजेन्डा उसैको नीति तथा कार्यक्रम कार्यान्वयन हुन दिएनन् । जनताको विपक्षमा पार्टीलाई हिँडाउन जनपक्षीय नीति जरुरी पर्छ । विचारमा बहस छैन, कार्यक्रम भएन, एकरुपता छैन । सिद्धान्त, यहाँ खरानी भएको छ । विज्ञान र प्रविधिको युगलाई पुरातन शैलीमा ढाल्नेहरूबाट नयाँ शिक्षा नीति, नयाँ शैक्षिक प्रणाली खोजेको अर्थ नहुन सक्छ । बोल्ने बोलियो, झूठो आश्वासन बाँडियो, अबको राजनीतिले फाल्तु विषय काँधमा लिँदैन । जेनजी पुस्ता त आफैं प्राविधिक रुपमा अगाडि छ । रिस गरेर हुँदैन । किनकि काँग्रेस र एमाले आफूभन्दा ठूलो अर्को नहोस् भन्ने योजनामा थिए । तर तिनको मान मर्यादा भाद्र २३ को जघन्य अपराधले तौलन सक्दैन । जनताले मान्दै आएका नेता कस्ता छन् त्यो छर्लङ्ग भएको छ । केपी ओलीलाई बा भनेबापत पार्टीको कुनै स्थानमा नभएकाहरूलाई कसरी चुनावमा टिकट दिइयो । पुराना नेताले कार्यकर्तामाथि शोषण गरेकै कारण घर घरमा विद्रोह भएको हो । आजको पुस्तालाई सूचना लुकाएर गुमराहमा राख्न सकिँदैन । समयको माग र आवश्यकता बुझ्नेले एमालेका केपी ओलीले बोलेका कुरा प्रस्तुत गर्ने, टिका टिप्पणी सुन्ने, परामर्श दिने जस्ता काम जनताबाट हुन नदिँदा टाढिन पुगेका हुन् । ओली आफैं चित्रगुप्ता शैलीबाट कजाइएका नेता थिएनन् । तर उनले गल्ती स्वीकारेको अवस्था छैन । उनकै कारण पार्टी टुक्रिएका हुन् । अब बन्ने सरकार र त्यसको पार्टी नेतृत्वलाई परिचालन गर्ने अस्त्र नयाँ शक्ति र सम्भावित सहकार्यले प्रभावित पार्न सक्छ । नेकपाले पूर्ववत गल्ती किन स्वीकार गर्ने ? यस्ता विषयमा बहस नगर्दा सकिने त उही हो । राजनीतिबाट पतनको दिशामा जसरी डा. बाबुराम देखिए त्यो स्थिति उनले बोकेका पुराना माओवादीहरू जनार्दन शर्मा र नेत्रविक्रम चन्दसम्म फैलिएको छ । जनताको नाममा जनयुद्ध लडेर धनयुद्धम आफू रुपान्तरित भएकाहरूबाट आशा गर्ने ठाउँ बाँकी छैन । ओलि नै शासक बने पनि उनलाई जेनजी पुस्तामाथि दमन गर्ने आँट अब आउँदैनथ्यो । तर उनी थन्किए राम्रै भयो । किनकि उनले उपाय नलागेपछि पार्टीमा तल्लो तहदेखि ४० वर्ष मुनिका प्रतिनिधि रहनै पर्ने बाध्यतात्मक अवस्था सहेका छन् । काँग्रेसको युवा पुस्ताले जसरी आफ्नो अठोट प्रकट ग¥यो त्यो हालत विशेष महाधिवेशनलाई नरुचाएको लम्पटदास पुस्ताले अस्वीकार गरिसक्यो । चुनावमा सहभागी भएन । किन त्यो जमात गुटमा अडिग छ ।
कार्यकर्तालाई गुटमा रुपान्तरण गर्दा ओलीको हालत के छ ? किन ओलीलाई देवत्वकरण गरेर फाइदा लिनेले पनि चुनावी प्लेटफर्ममा ओलीको तस्वीर रुचाएनन् । तस्बीर नै अरुचि छ भने व्यक्तिगत सम्बन्धमा कति हेपाई सहेको अवस्था होला । त्यो असफल शासकलाई बारम्बार मौका निमल्न सक्छ । चुनाव बाध्यताले सिर्जना गरेको स्थिति हो । जब जनताका आवाजमाथि दमन हुन्छ त्यहाँ प्रतिवाद हुन्छ । राज्य सञ्चालकहरू आफ्नो पद र कुर्सीको संरक्षणका लागि कसरी सुरक्षा फौज परिचालन गर्न तत्पर हुन्छन् भन्ने कुरा केपी ओली र काँग्रेसको भष्मासुर समूहले प्रमाणित गरेको छ । अबको त्यो सिंहासनमा जो पुगोस् त्यसले फेरि जेनजी पुस्तालाई छानी छानी गोली वर्षाउन सक्दैन । किनकि जेनजीका हत्याराहरू राजनीतिमा बदनाम भइसके ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल