Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आउन नसकेको स्वीकारेका छन् । उनले सामािजक सञ्जालमा सन्देश लेख्दै मतदातालाई धन्यवाद दिएका छन् र भनेका छन्, लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो । उनले सन्देशमा भनेका छन्, जनताको मतलाई पूर्णसम्मका साथ स्वीकार्छु । उनले भनेका छन्, ‘यस कठिन घडीमा सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयम्सेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो । उनले निर्वाचनको परिणाम एमालेका पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नहुने बताएका छन् । भनेका छन्, हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ । मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।
२०८३ जेष्ठ २५
ताजा नेपाल
२०८३ जेष्ठ २५
ताजा नेपाल
२०८३ जेष्ठ २५
ताजा नेपाल