Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो । बैठक बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ । साथै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेता बनाउने लगयात विविध विषयमा छलफल गरिने जनाइएको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ ।
२०८२ चैत्र १
ताजा नेपाल
२०८२ चैत्र १
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल