Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरती उतारेर पनि भएन उपाय

सेन्डिकेटमा जनताले प्रहार गरे । कृतिम कोलाहल चर्केको छ । तिर्ने काम धेरै गरिए । बालमन्दिर, सुडान मिशन, टेरामक्स, मालपोत, भन्सारमा लुटालुट थियो । ३५ वर्षे लुटमाथि जनताले धुलो चटाए । लुटको सेन्डिकेट चलाएका यिनै संसदमा अ‍ेमरिकी सत्ता आयो, एमसीसी यिनले स्वीकार्न हुने त्यहाँ विदेशी हस्तक्षेप नहुने । चुनावमा रास्वपाले स्पष्ट बहुमत ल्याउँदा यी लुटेरा चम्केका हुन् । सिंहदरबारमा बसेर त्रिविका उपकुलपति, रजिष्टार, शिक्षाध्यक्ष नियुक्तिमा पैसाको थैलो कबोल नगरिएको भए देउवा दरबारमा जलेको अनगिन्ती पैसा कहाँबाट आयो ? देउवा र कुलदेवी बोल्दैनन् ।
मुलुक लुटेर संकलित धनले गुण्डा पालेर सधैं मासु भातको भतेर लगाएर केपी ओलीको शुद्धताको पहिचान खोज्नु पर्दैन । आफ्ना अपराध छानविन हुने डरले केपी ओलीले रास्वपामाथि विदेशीको इशारामा चल्ने भनेका छन् । यिनै हुन् राष्ट्रघाती महाकाली सन्धि गरेपछि नेपालले हरेक वर्ष २ खर्व, १९ अर्ब भारतबाट प्राप्त गर्छ भन्ने । केपीले आफू प्रम बनेका बेला भारतीय समकक्षी समक्ष आफ्नो देशका एजेन्डा प्रस्तुत गर्न सकेनन् । प्रचण्ड र रविको आरती उतारेर ओलीको एमालेले रास्वपालाई धुलो चटाउने योजनामा थियो । तर परिणाम यहाँ उल्टियो । अब केपीका अपराधको छानविन हुनुपर्छ ।
न रह्यो नेपाल, न रहन्छ नेपाली ओलीको राष्ट्रवादभित्र लुट्ने नै केन्द्रीत योजना बन्छ । दाशहरूले उचारेर केपीलाई बोक्दैमा नाटक मञ्चन गर्न सकिँदैन । सत्ता स्वार्थ र गुटवाद नै राज्य दोहनको कसिलो आधार बनाएका यी वीर विरंगनाहरूको छटपटी घण्टी घरले कति बुझेको छ । नेकपाको नेतृत्वले बालेनको राम्रो कामलाई सघाउनै पर्छ । किनकि संघीयताको संरचनागत विकासमा नेकपासँग जोडिएका घटक र टुक्राहरूले ख्याल गर । नेत्रविक्रम, जनार्दन, डा. बाबुराम, मोहनविक्रम जस्ता क्रान्तिका घातकहरू अब उठ्न दिन हुँदैन । जसले कम्युनिष्ट सिद्धान्त आदर्श र नीतिगत सुधारका लागि जोड दिँदैन । त्यसले आफू मात्र क्रान्तिकारी देखेको छ । यहाँ रास्वपा नयाँ नेकपा पुरानो भन्ने होइन । देशमा मुद्दा कसले उठायो त्यो प्रमुख कुरा हो ।
काँग्रेस, एमालेले माओवादी नेताको टाउकाको मूल्य तोक्दा आजको रास्वपाका नेता कार्यकर्तालाई यथार्थता ज्ञान नहुन सक्छ । शोषण र अत्याचार विरुद्ध जसले विद्रोहको शंकनाद गरेका थिए तिनैलाई जनताले काँग्रेस, एमालेको कोटीमा राखेका हुन् । तर त्यसले नेकपालाई छुँदैन । रास्वपा नाउको सिद्धान्त, नीति, कार्यक्रम विहीन मोर्चाबाट ल्याइने कार्यक्रम दीर्घकालिन र तत्कालिन कस्ता हुन्छन् । प्रतिपक्षी वेञ्चको समर्थन त्यसैमा निर्धारण हुनेछ । लुटाहा र भ्रष्ट विहीन त रास्वपा पनि छैन । दूधले धोइएको रवि होइनन् । समस्या यिनको अन्तरपार्टी परिचालन र सरकार निर्माणमा हुन सक्छ । भ्रष्टाचारीलाई बाँध्ने केपी ओलीले बनाएका लुटको साम्राज्य भत्काएर नयाँ शिराबाट काम थाल्ने दायित्व काँधमा प्राप्त जिम्मेवारीका अधारमा पुरा गर्न सक्नुपर्छ ।

 


सम्बन्धित समाचार