Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानसँगको सम्झौतामा ट्रम्पको ब्रेक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्भावित युद्धविराम तथा आणविक सम्झौता वार्तामा हतार नगर्न आफ्ना प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्। केही दिनअघि मात्रै सम्झौता अन्तिम चरणमा पुगेको संकेत दिएका ट्रम्पले अहिले भने अझै महत्वपूर्ण विषयहरूमा सहमति हुन बाँकी रहेको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै औपचारिक सम्झौता सम्पन्न नभएसम्म हर्मुज जलडमरूमध्यमा इरानी जहाजमाथि लागू अमेरिकी नाकाबन्दी यथावत् रहने स्पष्ट पारे। उनले दुवै पक्षले पर्याप्त समय लिएर सावधानीपूर्वक सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा व्यक्त गरे।

उनले इरानसँगको सम्भावित सहमति दुवै पक्षका लागि लाभदायक हुन सक्ने उल्लेख गर्दै तथ्य नबुझी आलोचना गर्नेहरूको टिप्पणीमा ध्यान नदिन आग्रह गरेका छन्।

शनिबार ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारीपत्र (एमओयू) लगभग अन्तिम चरणमा पुगेको बताएका थिए। सम्भावित सम्झौता सफल भए विश्वको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिने हर्मुज जलडमरूमध्य पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।