Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पार्टी बन्नका लागि त्यसका नीति कार्ययोजना सिद्धान्त, विचार चाहिन्छ । तर रास्वपा सत्तामा छ, निराशा धेरै छ । अमेरिकी फेडरलको रास्वपा प्रति जनताले देखाएको सद्भाव उसैले धान्ला जस्तो छैन । किनकि केन्द्रीय सदस्य निर्वाचित हुँदै खोसिँदैछ । एमालेको अध्यक्षकै दम्ब र अहंकारका कारण रास्वपा यो स्थितिमा आएको हो । सकेसम्म रवि लामिछाने जेलको काल कोठरीमा ज्यान फालोस् भन्ने तीनको अपेक्षा हुनसक्छ । अधिवेशन लम्ब्याइयो, मतदानमा भद्रगोल पनि भयो । भैरहवा बन्दी जीवन ओलीकै मानवअधिकार आयोगले सार्वजनिक ग¥यो । लुट त काँग्रेस र एमालेको मिलिभगतले कति गरेछन् त्यो विष्णु पौडेल प्रकरण र पासपोर्ट काण्ड नै काफी छ । यी दलका कारण रास्वपा पनि सुध्रिएको छैन । समय बढाउने एकलौटी मत दिने गरी त्यसले पार्टी बन्न गरेको प्रयास उर्भौलो प्रस्तुती र खगेन्द्र सुनारहरूको दुर्वचनले नांगै बनायो । चरम लापरबाहीले अपनत्व राजनीतिभित्र दलीय संस्कार देखिएन । त्यही कारण चितवनमा निर्वाचित केन्द्रीय सदस्य काठमाडौं आइपुग्दा पद गुमाए । पार्टीका प्रतिनिधिबीचमा सभापति, उपसभापति, महामन्त्रीका प्रतिवेदनका बारेमा छलफल भएन । अतिथिहरूलाई अपराधीकरण गरेर अहंकार देखाउँदा बालबालिकाको प्रयोग नै त्यो शक्ति नांगियो । नविन राजनीतिको वकालत गर्नेले प्रतिनिधि छनोट गर्दा किन लापरबाही चरम देखियो । त्यो पनि सुहाएकै छ । प्रतिनिधिकै संख्या यकिन नहुँदा केन्द्रीय समितिको छनोट त भयो तर पदाधिकारीको चयनमा १५ सयले सहभागिता जनाए । अरु कता गए ? किन त्यो स्थिति आयो ? नेतृत्वले ख्यालै गरेन । ३० प्रतिशतले छानेको नेतृत्व वैधानिक हो होइन ? त्यहाँ धैर्यता छैन । अरुको कुरा काट्न सजिलो छ । आफैं गुटमा रुमलिन पुगेको त्यो दलका सांसदलाई ज्ञान भएन । ४३११ प्रतिनिधिमा १२९९ ले पदाधिकारीमा भोट दिए । ५१ जना मनोनित हुन् । पदाधिकारी त १२९९ जनाले मतदान गरेका हुन् ।
प्रदेशसभा खारेज गर्ने जस्ता आवाज सडकमा झिनो स्वर थियो तर रास्वपा जिम्मेवार ढंगले तर अस्पष्ट तालमा आयो । पदाधिकारीमा ७० प्रतिशतले मत दिएनन् । जबकि नेपालको संविधानले संस्थागत गरेका विषय धेरै छन् । यही विषयमध्येको हो प्रदेशको व्यवस्था । जब संख्याभन्दा व्यक्ति बलियो हुन्छ त्यसबेला व्यवस्थाका नाउमा व्यक्ति हावी हुन्छ भन्ने कुरा केपी ओली प्रमाण हुन् । जसले २ पटक दुई तिहाईको बहुमतलाई फुटबलकै रूपमा लिए । गर्ने नगर्ने सबै काम गरेर देश टाट पल्टाएको कुरा त नीतिगत भ्रष्टाचार र शेयर बजारको स्थिति विष्णु पौडेलको लुटले छर्लङ्ग बनायो । बालेन्द्र शाह आफैं अराजक पात्र हो । अडिएर बसेर कुनै कार्यक्रममा उठेका विषयलाई बहस गर्न सक्दैन । यस्ताले पार्टी कसरी बनाउँछ, सरकार कस्तो चलाउँछ ? पेशाले इञ्जिनियर भए पनि अरुले विकास बहस गर्छन्, निष्कर्षमा पुग्छन् । बालेन्द्र आफ्नै सरकारका नीति तथा कार्यक्रमहरूको सु्नुवाई नै गर्दैनन् । अराजक र मुर्खको भीडमा सभापति रवि रन्थनिएका छन् । सांसद बन्ने आफ्नै हैसियतको ख्याल नगर्नेहरूको बाहुल्यता भएको पार्टीले जनताको कदर गरेन । पार्टी महाधिवेशनको महत्व नै त्यहाँ देखिएन । जो संसद र पार्टीप्रति बफदार छैन । त्यसैलाई प्रधानमन्त्री बनाएको छ । सम्पत्ति सुद्धिकरणको मुद्दा झेल्नु पर्ने नवधनाढ्यहरू रास्वपामै धेरै छन् । गृहमन्त्रीको विवाद कसरी टुंगियो ? पार्टीले दिलाएको प्रशिक्षण केबल भोज खाने हाँस खेल गर्न केन्द्रीत भएछ भन्ने कुरा संसदमा सत्तापक्षको त्यो हर्कत काफी छ । अब लाज ढाक्नै परेन । त्यहाँ भद्र, शिष्ट, स्वभावका मान्छे पनि सांसद छन् । जसले संवैधानिक अंगहरूको मर्यादा राखेन उसैलाई प्रधानम्न्त्री बनाएर रास्वपाले देशको हित गर्ने बाटो कसरी देख्छ ? भारतको जमिन नेपालले मिचेको छ भन्दा ताली पिट्ने सांसदले आफ्नो हैसियत कति राखेका छन् त्यो बुझ्न टाढा जार्नै पर्दैन । चितवनमा धैर्यता देखाउन नसक्ने के सिक्ने ? स्थायी विकाल्प नखोजी सुकुम्बासीको विचल्ली बनाउनु हुँदैनथ्यो । तर रास्वपाको नेतृत्व यो सवालमा चुपचाप बस्यो । विधिसम्वत निर्णय नगर्ने स्टाइगर नै लगानी बिनाको घोडा भएपछि त्यस्ताले गोल गर्छ भनेर पत्याउन सकिँदैन । मैमत्ता साढेले बिगार्छ सपार्दैन । घण्टी घरको मैमत्ता सदस्य छनोट प्रक्रिया नै हो । रास्वपामा बालेन्द्र प्रवृत्ति त्यही रूपमा प्रस्तुत भएको छ । पार्टीको प्रथम अधिवेशनलाई सिद्राको व्यापार गर्ने पसल बनाएर विपक्षी दलका रूपमा ईष्र्या र दुष्ट्याइको नालायकी प्रमाण रास्वपा बन्दैछ ।
२०८३ असार २४
ताजा नेपाल
२०८३ असार २४
ताजा नेपाल
२०८३ असार २४
ताजा नेपाल