Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भारत सरकार र ककरोच जनता पार्टीबीच शुक्रबार नयाँ दिल्लीमा वार्ता भएको छ। दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा भएको वार्ता दिउँसो १२:४० बजेदेखि २:२० बजेसम्म चलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह सहभागी थिए भने ककरोच जनता पार्टीका तर्फबाट सौरभ दास र आशुतोष राङ्काले प्रतिनिधित्व गरेका थिए। यसअघि जुलाई २० मा जेपी नड्डाको सरकारी निवासमा भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको थियो।
शुक्रबारको वार्तापछि दुवै पक्षले छलफलका विषयवस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्। वार्ताअघि ककरोच जनता पार्टीका नेताहरूले सरकार आफ्नो दबाबमा परेको दाबी गर्दै प्रधानमन्त्री मोदीले मध्यरातमा भिडियो सन्देश जारी गर्नु त्यसैको परिणाम भएको बताएका थिए।
पार्टीले शिक्षा मन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहने अडान दोहोर्याएको छ। प्रधानमन्त्री मोदीले बिहीबार राति भिडियो सन्देशमार्फत प्रश्नपत्र लिक नियन्त्रणका लागि कडा कानुनी व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
यता, सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले नयाँ दिल्लीसहित १८ वटा मेट्रो स्टेशन अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ।
ककरोच जनता पार्टीका कोर कमिटी सदस्य सुधीर सांगवानका अनुसार वार्तास्थल सुरक्षाका कारण अन्तिम समयमा परिवर्तन गरिएको थियो। सुरुमा कन्स्टिट्युसन क्लबमा हुने भनिएको बैठक जन्तर–मन्तर प्रदर्शनस्थल नजिक पर्ने भएकाले सुरक्षा मूल्यांकनपछि स्थान परिवर्तन गरिएको बताइएको छ।
यसैबीच, प्रश्नपत्र लिक प्रकरणसम्बन्धी सुनुवाइका क्रममा भारतको सर्वोच्च अदालतले सरकारले घटनापछि अपनाएका सुधारका उपाय, अनुसन्धानको प्रगति तथा छानबिनको अवस्थाबारे विस्तृत विवरण पेस गर्न केन्द्र सरकारलाई निर्देशन दिएको छ।
२०८३ असार १५
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८२ मंसिर ११
ताजा नेपाल