Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनजिविकामाथि सरकारी प्रहार तिव्र

काठमाडौं । सिद्धान्त र राजनीति नभएका तर विकासका कुरा गरेर जनतालाई आकर्षित गर्न जानेका रास्वपाका यी चार अनुहारका लागि अमेरिकी युथ काउन्सिलबाट भएको रु ३ अर्ब लगानीले पूर्णता पाउँदैछ । विवेकशीलबाट आएकी रञ्जु दर्जनाले अनुशासन सिकिन् । बारबरा फाउन्डेशनको लगानीका सुधन गुरुङले मन मिलाउन सकेनन् पानी इञ्जिनियर सागर ढकाल देशका खास खास घटनामा सहभागी भएर बोल्ने र हिँड्न सिके । ¥यापर बालेन्द्र शाह, यमबुद्धको भक्त बनेर ¥याप गाउन सिके । यिनले जानेर, बुझेर जनता भड्काउन सक्छन् तर राजनीति अनुशासन र सिद्धान्तका कुरा गर्दैनन् । राजनीति छैन त्यहाँ अराजकता चम्कन्छ । अमेरिकाको शासकहरूलाई नेपालमा प्रतिनिधि चाहिएको थियो । रवि लामिछानेका मुद्दा थुप्रै भए पनि प्रयोग गर्दै आफ्नो स्वार्थको ढोलकी बजाउने पात्र नै विजय थियो । त्यही कारण रु ३ अर्ब नेपालमा भित्रियो । त्यहाँ नेपालको सेना पनि प्रयोग भयो । अल्गोरिदम चम्कियो । भारतमा निर्वासित दलाई लामाको भक्त बन्दा टिओबी समूह पहिचानका रूपमा आयो । अल्पसंख्यक र गरिबका हितमा यिनको काम गर्ने ध्यान हुन्न । पुरानाले टेरेनन् अरवौं लगानीको प्रतिफल आएन । त्यही कारण एमालेको एनजीओ र आइएनजीओ सुकेका हुन् । राजनीतिमा असम्बन्धितहरूबाट आफू अनुकुल काम गराउन सकिन्छ भनेर अमेरिकाले भारतीय दलाल र आफ्ना मिलाएर रावस्पामा धेरै तिरका मान्छे जोड्यो । त्यसको पछाडि डा. स्वर्णिम वाग्लेलाई एडीबी र विश्व बैङ्क मार्फत् काँग्रेसबाट छुटाएर रास्वापमा मिलाइयो । आफू अनुकुलका मान्छेबाट काम लिन सकिन्छ भनेर राजनीति भन्दा फरक कोणबाट बालेनलाई प्रधानमन्त्रीको पद लिने कबोल गराएर रास्वपामा प्रवेश मात्र गराइएन जहाँ बालेन्द्र पुग्छन् त्यहाँ एक साता अगाडिबाट अग्गोरिदम शैलीको हल्ला चलाइयो । मान्छेले बालेन हाइ हाई भनेर चर्चामा ल्याए ।

राष्ट्रिय अस्मितामाथि प्रहार
जब बालेनको नेतृत्वमा सरकार बन्यो अनि शुरु भयो देशको राष्ट्रिय अस्मितामाथि प्रहार । जेनजीका नाउमा सिंहदरबार र सर्वोच्च चलाउनेहरूमाथि छानविन गरेको कार्की आयोगको निशाना काम लागेन । दलका नेता पनि कार्यालयहरू बाँकी रहेन । तर रास्वपा कार्यलय जोगियो ? सरकारमा सहभागी गरिएको बालेन्द्र पक्षधर मन्त्रीहरूको अराजकता र अत्याचारको सीमा छैन । लोकतन्त्रको नाउमा केपी ओली भन्दा ठूलो तानाशा बनेर बालेन्द्र उत्रिए । जुन जनताले मत दियो त्यसैलाई अभाव सिर्जना गरेर ग्यासको हाहाकार गराइयो । मूल्य वृद्धिले आकाश छोयो । सरकारले अनुगमन गरेन । मलको अभाव, किसानको तरकारीले बजार नपाउनु भारतीय विष बजारमा भिœयाउने जस्ता अपराध देशभरी चर्केको छ । प्रमको नाउमा बालेन्द्र अर्ति र उपदेश दिँदैछन् ।

भयावहको कारक ओली
रवि लामछिानेलाई पत्रकारिताको आडमा गैर नागरिक भएको थाहा पाउँदा पाउँदै केपी ओलीले नेपाल टेलिभिजनमा आफ्नो प्रशस्ती गाउन प्रवेश गराउनु नै गल्ती थियो । जुन दिन सरकारले अमेरिकी योजनाको एसपीपी अस्वीकार ग¥यो त्यही दिन रास्वपाको स्थापना भयो । अमेरिकी आडमा आज काँग्रेस स्क्यानिङ भएको छ । तर देउवालाई नांगै हुन दिइएन । भ्रष्टाचारी र वंशवादी पनि देउवासँग अडिएका छन् । रास्वपासँगको प्रतिस्पर्धी अब काँग्रेस बन्छ । तर कम्युनिष्टहरू बन्ने स्थिति छैन । काँग्रेस रिस्टक्चर भयो पार्टी सत्तामा भारतीय पक्ष टिक्न सकेन । एमाले रिस्टक्सचरको हल्ला छ तर ओलीले त्याग्न नमानेसम्म अध्यक्ष पद कसैले खोस्न सक्दैन ।

माओवादी फुटको कारण
वामपन्थीहरूलाई अझ कमजोर बनाउने अमेरिकी डिजाइन त छँदैछ । माओवादीका नेता जता पनि लाग्छन् तर कार्यकर्ता पंक्ति भने सिद्धान्त र कार्यक्रमबाट विचलित नहुने ठूला पंक्ति अझै प्रचण्ड र नारायणकाजीसँग जोडिएको छ । ओली स्वार्थको नेकपाको फुट पनि यही छ । माओवादीलाई छिन्नभिन्न बनाउने अमेरिकी जासुसहरूले क्रिश्चियानिटीका आधारमा पार्टी फुटाए । मोहन वैद्य, सीपी गजुरेल, देव गुरुङ, रामबहादुर थापा, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली, खड्ग विक जस्ताले शुरुमै माओवादीमाथि प्रहार गर्दा अमेरिकी लगानीको क्रिश्चियन कम्युनिटी प्रयोग भएकै हो । संविधानसभा चुनाव बहिष्कार यिनैले गरे । यिनले डा. बाबुरामलाई भारतीय दलाल भन्थे । त्यो फुट विचारको थिएन । आदर्शका घ्याम्पो मोहन वैद्यको देव गुरुङलाई अर्थ र सीपी गजुरेललाई परराष्ट्रमन्त्री नदिएको फल पार्टी फुटाउनु थियो । त्यो बेला देखिको अमेरिकी प्रयास रास्वपा खडा गरेपछि सफल भो । क्रान्तिकारी मेहन वैद्य समाप्त भए । आज मुस्ताङको युरेनियम कब्जा गर्ने गरी अमेरिकी सेना मुस्ताङमा प्रवेश गराउने योजना सफल बनाइँदैछ । नेपालमा अमेरिकी सहयोग धेरै छैन । जति छ त्यहाँ अमेरिकी अधिकारीकै बर्चश्व हुने गर्छ । बालेन्द्र र रवि कठपुतली हुन् ।

प्रशासनिक आतंक छ सुधार छैन
सिंहदरबारमा घुस खोरी घटेको छैन । पैसा खुवाएर मन्त्रीका नाममा सुविधा लिने टिकेकै छन् । सरकारी स्वीकृतिको ट्रेड युनियन पंगु भएको छ । काँग्रेस, एमालेको रजाई हुने प्रोजेक्ट, भन्सार, मालपोत र श्रम विभागमा फारक पन आएकै छैन । राष्ट्रको सचेत वर्ग लत्रिएको छ । अदालत रास्व्पाका नेताको अपराध माफी दिलाउने तालुकदार भएको छ । एमाले, काँग्रेस आपसी लडाइँमा उत्रिएका छन् । सहकारी ठगी, लघुवित्त पीडित, मिटरब्याज, साहुकरको शोषणतिर सरकार चु बोल्दैन । सीमा क्षेत्रका भन्सारबाट ट्रकबाट हुने तस्करी यथावत छ । घरासयी प्रयोजनका पोके र झोले नागरिकमाथि सशस्त्र लगाएकै छ । जनजीविकामाथि प्रहार गर्दा जेनजी विद्रोह जस्तै आक्रोश बढ्छ । त्यो बेला अमेरिकी सेना भिœयाउन सहज हुने योजनाका साथ काम भएका छन् । प्रशासनिक आतंक अनुसार सुधार छैन ।


सम्बन्धित समाचार