Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मोरङमा रड प्रहारबाट एक पुरुषको हत्या भएको छ। जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको रड प्रहारबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार शनिबार राति करिब १० बजे बुधराममाथि उनकी ३५ वर्षीया श्रीमती कमली मास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्रले रड प्रहार गरेका थिए। टाउकोमा रड प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक मिश्र पक्राउ परेका छन् भने मृतककी श्रीमती कमली फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक दाहालले भने, ‘बुधराममाथि उनकै श्रीमती कमली र भारतीय नागरिक सुनिलले टाउकोमा रड प्रहार गरेका रहेछन्। घटनापछि मिश्र पक्राउ परेका छन् भने उनकी श्रीमती कमली फरार छिन्। बुधराममाथि किन रड प्रहार गरियो भन्नेबारे अहिले खुल्न सकेको छैन।’
फरार कमलीको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले जानकारी दिए।
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल