Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
दाङ । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेका छन्। उनी नुहाउने क्रममा नदीमा डुबेका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाघर आएका बेला किशन नुहाउन राप्ती नदीमा गएका थिए।
नदीमा डुबेर अचेत भएका उनलाई तत्काल लमही अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
बालकको शव हाल लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल