Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सामाजिक सद्भाव कायम गर्दै शान्ति स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।
तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले समाजमा झूट, घृणा र विध्वंस फैलाउने गतिविधिप्रति आपत्ति जनाएका हुन्।
उनले समाजमा झूट बोल्ने, राष्ट्रिय सम्पत्तिमा आगजनी गर्ने तथा लुटपाटजस्ता गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नेपालीको प्रतिष्ठामा आँच पुगेको टिप्पणी गरे।
ओलीले बुद्धका उपदेशबाट विकसित शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्ने धारणा राखे। घृणा फैलाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सांस्कृतिक तथा शैक्षिक माध्यमबाट मानिसको सोच र मनोभावमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो।
नेपालीहरू मेहनत गर्ने र निर्माणमा योगदान पुर्याउने समुदाय भएको उल्लेख गर्दै ओलीले नेपालको मौलिक कला र संस्कृतिले समाजको सोच, आचरण तथा व्यवहारलाई सकारात्मक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल