Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साथीले पेट्रोल छर्केर आगो लगाएका रूपलालको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार चौधरीको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको हो ।

राजपुर गाउँपालिका–२ खालगैरास्थित मटेरिया निवासी चौधरीलाई उनका साथी सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाएका थिए ।

प्रहरीका अनुसार दुवै जना साथी हुन् । उनीहरू शनिबार सँगै बसेर मदिरा सेवन गरिरहेका थिए । मदिरा सेवनपछि उनीहरूबीच भनाभन भएको थियो । सोही क्रममा कार्कीले आफ्नो मोटरसाइकलमा हाल्नका लागि बोतलमा ल्याएको पेट्रोल चौधरीमाथि खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि कार्की फरार भएका थिए । प्रहरीले उनलाई शनिबार नै दाङको लमही नगरपालिका–५ स्थित रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका कार्कीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।