Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उकालो लाग्यो सुन, एकैदिन तोलामा ४ हजार ८ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले बढेको छ। सोमबार सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यससँगै एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ। महासंघले सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ निर्धारण गरेको छ।

आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।