Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आइएमइ बैंकको विशेष साधारणसभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। सभाले बैंकको १०० कित्ता बराबर फाइनान्सको ४२ कित्ता हुने प्रस्ताब पारित गरेको हो।
विशेष साधारण सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शाखा सञ्जाल र पूँजीगत आधार समेत सुदृढ गरी प्रतिस्पर्धी क्षमताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्राप्तिमा गएको बताए।
ठूला बैंकहरुलाई मर्जर गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउने नीतिलाई सफल पार्नु बैंकको कर्तव्य रहेको बताउँदैं उनले बैंक मर्जरमा जाँदा बैंकका शेयरधनी तथा आमग्राहकको हितलाई केन्द्रमा राखिएको समेत बताए।
हाथवे फाइनान्सको प्राप्ति पछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ। यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४१, कूल निक्षेप १२५ अर्बभन्दा बढी, कूल कर्जा ११४ अर्बभन्दा बढी पुग्नेछ। बैंकले जनता बैंकलाई पनि गाभ्न सहमति गरिसकेकोछ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २१
ताजा नेपाल