Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘रअ’, ‘सिआईए’ मिसन र नेपाली सेना

२०५८ जेठ १९ गते राति नेपाली जनताले आफ्ना मनैदेखिका राजारानी मात्रै गुमाएनन् मनभित्र अनुत्तरित प्रश्नहरुको बास बसेको वर्षौ बितिसक्दा पनि दरबार हत्याकाण्डको भित्री पाटो खोतल्ने प्रयास कसैले गरेनन् । आफ्नो स्वार्थ र शक्ति केन्द्र खुशी पार्ने नाममा हत्यारा घोषणा गर्ने काम भए पनि वास्तविक हत्यारा कसैले खोजेनन् । हामीले पनि यहाँ हत्यारा खोजेका छैनौं पर्दाभित्र बसेर क–कसले कस्तो कस्तो खेल खेले भन्ने वास्तविकता मात्रै खोतलेका छौं । यो आलेख पढिसक्दा तपाईं आफैंले दरबार हत्याकाण्डको खलनायक को हो भन्ने पत्ता लगाउनु हुनेछ । त्यो कालरात्रि पनि शुक्रबारकै दिन घटेको हुनाले हामीले पनि यस घटनालाई खोल्ने यस लेखलाई प्रत्येक शुक्रबार प्रकाशित गर्ने छौं ।

वरिष्ठ प्रहरी उपरिक्षकको नेतृत्वमा २ सयभन्दा बढी सङ्ख्यामा रहेको नेपाल प्रहरीलाई दरबार हत्याकाण्ड पूर्व दरबारबाट हटाइयो । यो हटाउनु पनि दरबार हत्याकाण्डको षड्यन्त्र भित्रकै पाटो देखिन्छ । ‘रअ’ र ‘सिआईए’ मिसनसँग जोडिएको सेनाले नै माओवादी हिंसालाई सहयोग गरिरहेको थियो । ‘रअ’ का एजेन्ट डा. बाबुराम भट्टराईले भारतीय बिस्तारवादको नारा दिएजस्तै माओवादीहरू शाही अमेरिकीको प्रपोगान्डा गर्दै थिए । दरबार हत्याकाण्डको समयका प्रधानसेनापति र माओवादीको सम्बन्धमा सैनिक (जनरल) अधिकारी चिनियाबहादुर बस्नेतले सङ्केत गर्छन् । प्रज्ज्वल शमशेर जबरा नेपाली सेनाको नायक नभई खलनायक थिए । उनले पृथ्वीनारायण शाहेदेखि राणाकालसम्म नेपालमा बनेका र बाहिरबाट ल्याइएका पुरातात्विक हतियार खुकुरी लगायतका सैनिक सामग्री अमेरिकी नागरिकलाई बिक्री गरे ।

जसको कुनै मूल्य नै छैन । वास्तवमा पैसाका लागि नेपालको इतिहास बेचिएको थियो । मलाई पाखा लगाउन खोज्ने मध्येका प्रायः जसो माओवादीका निकट थिए । उनीहरूको काम संगत र व्यवहारबाट त्यसको पुष्टि हुन्छ । मभन्दा कनिष्ठ सहायक रथी कुमार फुदुङलाई पदोन्नति गर्नु पनि एक कारण हो । उनी पछि गएर माओवादी सभासद् बने । रसुवाको सोमदाङ बाटो निर्माणमा भ्रष्टाचारमा मुछिएकाले यो भन्दा पहिले नै महासेनानी बढुवामा फुदुङलाई बढुवा हुनबाट दरबारले पटक–पटक रोकेको थियो ।

प्रज्ज्वल शमशेर जबराको समयमा सदीपलाई छायाँ प्रधानसेनापति भनिन्थ्यो नेपाली सेनाभित्र सदीपको सल्लाहअनुसार अनेक सरुवा, बढुवा र अपरेसनका काम प्रधानसेनापतिबाट हुने गर्दथे । सदीपको उठबस कुमार फुदुङसँग हुने गर्दथ्यो । फुदुङ माओवादीसँग जोडिएका थिए । यसरी प्रज्ज्वल शमशेर जबराले (नेपाली सेनाले) माओवादीलाई हानेजस्तो नाटक मञ्चनमात्र गर्नुभयो । ‘रअ’ र ‘सिआईए’को रणनीतिअन्तर्गत प्रायोजित कथित माओवादी हिंसामा सेनाभित्रकै इन्डो÷पश्चिमा समूहको संलग्नता थियो । सेनाको यो षड्यन्त्रलाई राजा वीरेन्द्रले बुझेका थिए । नेपाली सेना परिचालन अमेरिकी डिजाइनको षड्यन्त्र अन्तर्गत सेनाको नेतृत्व र माओवादीको नेतृत्व एउटै शक्तिकेन्द्रका हुनाले सेना परिचालन नगरेको कुरा यी घटनाक्रमहरूबाट पुष्टि हुन्छ । तर, माओवादी, ‘रअ’ र ‘सिआईए’ का प्रतिनिधिहरूमार्फत् राजा वीरेन्द्र माओवादीप्रति नरम भएर सेना परिचालन नगरेको भन्दै प्रचार गरियो । नेपालका पत्रकार, नागरिक, समाज, प्राध्यापक, बुद्धिजीविहरू सबै जासुसहरू थिए । उनीहरूले पनि मिसनरी प्रपोगान्डा गरे ।

माओवादीले पटक–पटक सेनाको एवं समग्रमा मुलुकमाथि आक्रमण गरी देशको मानवीय र अन्य ठूला–ठूला क्षति पु¥याउँदा पनि प्रधानसेनापति प्रज्ज्वल शमशेर जबरा मौन रहनुभयो । दाङ, रोल्पा, अछाम होलेरी जस्ता ठाउँमा माओवादी विरुद्ध प्रधानसेनापति राणाले कुनै कारवाही गर्नुभएन । यसबाट स्पष्ट हुन्छ अर्जुन ज्ञवाली र पेशलकुमार निरौलाद्वारा लिखित “बाइबल र माओवाद” मा दरबार हत्याकाण्डको समयमा दरबारभित्र रहेका दुईवटा सैन्यगणमा रहेका सिपाहीहरूलाई हत्या काण्डको पोल खुल्छ कि भन्ने डरले जहाँजहाँ सरुवा गराइयो त्यहीँ त्यहीँ माओवादीमार्फत् आक्रमण गर्न लगाएर हत्या गरियो । यस्ता गम्भीर षड्यन्त्रमा सामेल प्रधानसेनापति प्रज्ज्वल शमशेर राणा मौन रहनु स्वभाविक थियो । यसर्थ २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डमा भित्री घेरामा नेपाली सेनामार्फत् हत्या गरियो भने यो हत्याकाण्डको बाहिरी घेरामा प्रचण्ड, बाबुराम, मोहन वैद्य लगायत माओवादीहरू पनि संलग्न थिए । तर, सार्वजनिक रूपमा भने वीरेन्द्रलाई माओवादीसँग जोडेर सुनियोजित भ्रामक दुश्प्रचार गरियो ।

प्रज्ज्वल शमशेर जबरा पोखराको ३ नं. बाहिनीपति छँदा बाहिनीभन्दा उत्तरपट्टि हाइटमा बनाएको घरलाई कुनै क्षति नपु¥याएको हेर्दा र अर्काेतर्फ सच्चित शमशेर राणाको गोरखामा रहेको घर माओवादीले पूर्णरूपमा कब्जामा लिनु तर प्रज्ज्वलको घरमा क्षति नहुनुले उनको र माओवादीको सम्बन्ध रहेको सहजै आँकलन गर्न सकिन्छ । यसबाट स्पष्ट हुन्छ जनहत्यारा माओवादी र राजा वीरेन्द्रको हत्यामा संलग्न नेपाली सेना र सैन्य हेडक्वाटर इन्डो÷पश्चिमी मिसन अनुसार एकै ठाउँमा थिए । प्रचण्ड र डा. बाबुराम भट्टराई दरबार हत्याकाण्डमा बाहिरबाट संलग्न थिए । केही मानिसहरूको रथी शान्तकुमार मल्लको पनि माओवादीसँग भित्री सम्बन्ध थियो कि ? भन्ने आशङ्का छ । कनिष्ठ भएपनि कुमार फुदुङको पदोन्नतीमा रथी मल्लको सिफारिस थियो । जब पछि फुदुङ माओवादी सभासद भए सबैकुरा छर्लङ्ग भयो ।  यो कुरामा सत्यता किन छ भने प्रचण्ड नयाँबजारबाट लाजिम्पाटमा डेरा सर्दा शान्तकुमार मल्लको घरमा सरेका थिए । नेपालका पत्रकारहरूले पनि त्यो घर प्रचण्डले मारवाडीबाट किनेको भन्दै मल्ल प्रचण्ड सम्बन्ध ढाकछोप गर्न गोयवल्स प्रपोगण्डा गरिरहेका थिए ।

प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराले पहिलेका प्रधानसेनापति बस्ने कुर्सी हटाएर राजगद्धी जस्तो आकारको त्यसको पछाडि नाग आदिले घेरिएको अत्यन्तै कलात्मक खालको मेच राखे । त्यो राजदरबारकै आकार प्रकाको कुर्सी बनाएको दरबारले थाहा पायो । दरबारले श्री ५ बस्ने राजगद्धीजस्तो आकारको कुर्सी नराख्नु भन्ने आदेश दिएपछि उनले त्यो कुर्सी हटाएका थिए । उनकै कार्यकालमा (वि.सं. २०५८ जेष्ठ १९) को दरबार हत्याकाण्ड भयो । प्रज्ज्वलको निरकुंश शैलीका कारण नेपाली सेनाको संस्थागत छवि पूरै धमिलियो । हत्याकाण्डपछि एकजना पत्रकारले प्रधानसेनापति राणासँग सोधे– “तपाईंको पनि जिम्मेवारी हो नि यो घटनामा । यो घटना रोक्न के गर्नुभयो ?” उनले सजिलै जवाफ दिए– “आर्मी यसमा जिम्मेवार छैन ।” यस्तो नैतिकहीन गैरजिम्मेवार उत्तर सुनेर सारा राजसंस्था प्रेमी नेपालीको भावनामा गहिरो चोट पुग्यो ।

माओवादी आक्रमणमा दाङ कब्जा हुनुअघि पहिले नै घोराहीमा हमला गर्दैछन् भन्ने गोप्य सूचना त्यहाँको पल्टनले सैनिक मुख्यालयमा पठाइसकेको थियो । सँगसँगै गुल्मपति उप्रेतीले निर्देशन पनि मागेका थिए । नभन्दै केहीपछि नै माओवादीले प्रशासकीय अड्डा र प्रहरीमाथि पनि हमला ग¥यो । त्यत्रो हमला हुनुभन्दा अगाडि जानकारी हुँदाहुँदै पनि दाङको गुल्मलाई कुनै अलर्ट बस्ने आदेश दिइएन । सतर्कको सङ्केत पनि हेडक्वाटरबाट पठाइएन मात्र चुप लागेर बस्नु भन्ने आदेश मात्र गएको थियो । अगाडि नै उल्लेख गरिसकिएको छ, दरबार हत्याकाण्डको समयमा नारायणहिटी दरबारभित्र दुई वटा सैन्य गणका सिपाही हत्या गर्ने नियोजित षड्यन्त्र अन्तर्गत जुन ठाउँमा त्यहाँका सिपाही (दरबार हत्याकाण्डको समयका नारायणहिटी भित्रका) सरुवा गरिएका थिए त्यही ठाउँमा माओवादी आवरणमा सैनिक मुख्यालय र प्रचण्ड, बाबुरामको गठबन्धनले षड्यन्त्रपूर्वक आक्रमण ग¥यो ।

पूर्व गृहमन्त्री खुमबहादुर खड्काले टेलिभिजन अन्तर्वार्तामा भने अनुसार उहाँले सबै आइजिपी तथा प्रधानसेनापतिलाई यो मितिदेखि यो मितिसम्म ३ दिनमा घोराही ब्यारेकमा माओवादीले हमला गर्दैछन् भन्ने सूचना दिएका थिए । दाङ अघि डोल्पाको दुनैमा पनि माओवादीले हमला गरे । त्यहाँ भएको गुल्मलाई कुनै सहयोग गर्ने वा सतर्कमा रहने आदेश प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराबाट जाँदै गएन । दाङमा रातभरी माओवादीले हमला गरी हातहतियार गोलीगठ्ठा भारी बोकाइ रोल्पातिर लगे । साथै, गुल्मपति पनि मारिए, सेनाको ठूलो क्षति भयो । हमलाको ३ दिन भइसक्दा पनि कुनै आदेश गएन । सेनाका पाइलटहरूले बारम्बार जहाजमा फिट गरिएका गनबाट बम खसालेर माओवादी नियन्त्रणको प्रयास गरौं भनी अनुरोध गर्दा प्रधानसेनापतिले मान्नुभएन । आर्मीले कुनै प्रतिकार गर्ने एम्बुसपार्टी, ब्लकिङ पार्टी, हेलिकप्टरद्वारा ठाउँ ठाउँमा पोजिसनलाई रोक्ने काम प्रधानसेनापतिबाट भएन । यसरी दाङ आक्रमण नियोजित रूपमा घटाइएको थियो । त्यसैगरी अछामको सदरमुकाम नजिक माओवादीले हमला गरे ।

माओवादीले अत्यन्तै निर्मम शैलीमा सेनाका सिपाही र अधिकृत गरी ५० जना जतिको हत्या गरे । त्यसरी हत्या भइरहँदा प्रधानसेनापति प्रज्ज्वल शमशेर जबरा शशीभवनमा पूजा लगाएर बसे । मलाई लाग्दछ त्यो सप्ताहजस्तै निकै दिन लाग्ने पूजा थियो । सेनापति राणा आफैले रचेको योजना भएकोले उनमा कुनै दुःख थिएन । तर, सैनिक नेतृत्वले ‘रअ’ र ‘सिआईए’ मिसनका माओवादीसँग मिलेर यो सेनाभित्रैबाट खडा गरेर गरिएको षड्यन्त्र त्यहाँभित्रका देशभक्त सैनिकहरूलाई जानकारी थिएन । अर्काेतर्फ माओवादीभित्र पनि प्रचण्ड, बाबुराम, मोहन वैद्य, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, नन्दकिशोर पुन, बलदेव, यामबहादुर अधिकारी जस्ता प्रज्ज्वल शमशेर मिसनका नेपाली सेनाका जासुसहरू बाहेक साधारण माओवादीहरूलाई जानकारी थिएन । उल्लेखित माओवादी नेता एवं कमाण्डरहरू सेनाको क्रिस्चियन केन्द्रमा समेत संलग्न थिए । नेपालभर माओवादी जहाँ जहाँ पुगे त्यहाँ–त्यहाँ चर्च÷मन्डलीहरू स्थापना गर्दै हिँडे । आज नेपालमा देशैभर हजारौँ चर्चहरू छन् ।

माओवादीले नेपाली सेना मारिरहेका थिए । तरपनि कुनै गोली गठ्ठा नपठाइ, प्रतिकारको आदेश पनि नदिई र प्रज्ज्वल शमशेर पूजापाठमा मग्न भए । पल्टनले आफ्नो निजी खर्चबाट पेरिमिटर घेर्ने तार पठाउने काममा समेत चासो दिइएन । प्रधानसेनापतिले जति सिपाही मरे पनि मलाई नसुनाउनु पूजा पाठमा अलच्छिन लाग्छ भनेको खबर विभिन्न पत्रपत्रिकामार्फत् बाहिर चर्चामा आयो । रोल्पाको गाममा पनि माओवादीले हमला गरे । त्यहाँ गोरखबहादुर गणको एउटा गुल्म थियो । गामका गुल्मपति मेजर नीलकण्ठ लगायत गुल्मलाई माओवादीले घेरा हाले । सो गुल्मबाट पटक–पटक गोली गठ्ठा थप सेनाको माग गर्दा पनि हेडक्वाटरले कुनै वास्ता नगरेको खबर सार्वजनिक भयो ।

त्यो बेला मेजर निलकण्ठ सहित झण्डै ३० जना नेपाली सेनाका सिपाहीको हत्या भयो । त्यसैगरी रोल्पाको होलेरीमा माओवादीका सबै ठूला नेता कार्यकर्ताहरू जम्मा भएका थिए । त्यसमा नेपाली सेनाले तलैबाट पूरा घेरा हालेको थियो । हेलिकप्टरबाट बम खसाल्ने र गनबाट हिर्काउनका लागि नेपाली सेनाका पाइलटहरूले तयारी गरिरहेका थिए । तर, सेनाका पाइलटले पटक–पटक माग गर्दा पनि प्रधानसेनापति मुकदर्शक बनिरहे । उहाँले त्यो बेला एकशब्द पनि आदेश दिनुभएन । दरबार हत्याकाण्डपछि पनि दरबारको सुरक्षा सैनिक मुख्यालयको होइन दरबारको छुट्टै शाही वाहिनी गण थियो भन्ने प्रधानसेनापतिको भनाई गैर जिम्मेवारीको पराकाष्टा थियो । अर्काेतर्फ हत्याकाण्ड पछि दरबारमा रहेको सेना, दाङ, मङ्गलसेन, सोलु, सल्लेरी, अर्घाखाँची, बेनी जहाँजहाँ सरुवा गरियो त्यही त्यही माओवादीद्वारा हमला गराउँदै हत्या गराइएको थियो ।

यो विषय स्वयं नेपाली सेनाको जिम्मेवार तहमा रहेर भूमिका निभाएका सैनिक जनरल चिनियाबहादुर बस्न्यातको खुलासापूर्ण अभिव्यक्तिले पुष्टि गरेको छ । माओवादी र क्रिस्चियन मिसनको सम्बन्ध मजबुत थियो । यावत षड्यन्त्रको बाह्यशत्रु दिल्ली र वाशिंगटनका खुफिया ऐजेन्सी ‘रअ’ र ‘सिआईए’ थिए । तत्कालीन सशस्त्र प्रहरी बलका प्रमुख कृष्णमोहन श्रेष्ठको षड्यन्त्रपूर्वक हत्या गरी वार्ताको नाटक मञ्चन गरियो । सेनाभित्र कुमार फुदुङजस्ता पात्रमात्र होइन इन्डो÷पश्चिमी बृहत् रणनीति अन्तर्गत प्रचण्ड, डा. बाबुराम भट्टराई ‘रअ’ र ‘सिआईए’ पश्चिमा रणनीतिक ऐजेन्डामा एउटै केन्द्रमा थिए । वि.सं. २०६२\०६३ को आन्दोलनको पृष्ठभूमि मात्र होइन कृष्णप्रसाद भट्टराई हराउ अभियान देखि मदन भण्डारी हत्या, माओवादी हिंसाको उदय र वि.सं. २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डलाई समग्रमा उल्लेखित पृष्ठभूमिबाटै अध्ययन गर्नुपर्ने हुन्छ ।

यी षड्यन्त्रहरूको पछाडि इन्डो/सिआईए रणनीति रक्षार्थ कथित नेपाली सेनाको नेतृत्वको संलग्नता रहेको देखिन्छ । एउटा अन्तर्वातामा चीनको वेइजिङस्थित इन्स्टिच्युट अफ एसियन प्यासिफिक स्टडिजका प्राध्यापक प्रा. वाङ होङ वेइ (जो चीनका नेपाल नीति निर्माण मध्ये एक मानिन्छन्) ले पनि हत्यामा दीपेन्द्रको संलग्नताको कुरा हावादारी भएको बताएका छन् । ‘मेरो विचारमा त्यो राजनीतिक षड्यन्त्र अन्तर्गत भएको हत्याकाण्ड थियो, जसलाई पुष्टि गर्ने प्रामाणिक आधारहरू नियतवश मेटाइएका छन् । आरोप तत्कालीन युवराजधिराज दीपेन्द्रमाथि लगाइएको छ । तर, त्यो पत्यार लाग्दो छैन ।’ प्रा. वाङ् थप्छन्– यो हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो भने कसको हात थियो त ? देशभित्र र बाहिरका विभिन्न तŒवको । उनको सङ्केत अगाडि नै उल्लेख गरिसकिएको बाह्य रूपमा ‘रअ’ र ‘सिआईए’ आन्तरिक कथित शाही नेपाली सेनाप्रति हो भन्ने कुरा स्पष्ट छ ।

यति हुँदा हुँदै पनि राजा वीरेन्द्रलाई गुप्तचरहरूले माओवादीसँग जोडेर मूल षड्यन्त्र ढाक्न जोडतोडको प्रपोगान्डा गरिरहे । दरबार हत्याकाण्डपछि ‘रअ’ का ऐजेन्ट बाबुराम भट्टराईको कान्तिपुरमा प्रकाशित लेखकै वरिपरि युवराज घिमिरे जसमा भारतमा प्रशिक्षित पत्रकार, प्राध्यापक, स्वतन्त्र बुद्धिजिवी भन्नेहरूले दुश्प्रचार गरिरहेका छन् । मोहनविक्रम सिंह, डा. राजकुमार पोखरेल, शुभशंकर कँडेल, अनिल शर्मा, सुधिर शर्मा, राजेन्द्र महर्जन, कृष्ण अविरल, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, कृष्ण खनाल, लोकराज बराल, कृष्ण पहाडी आदि जो एक वा अर्काे प्रकारले मुल षड्यन्त्र ढाक्न हुँदै नभएको माओवादीसँग राजा वीरेन्द्रको सम्बन्ध भन्दै झुटो प्रचार एउटा पाटोलाई आत्मसाथ गरेका छन् तथापि सूचना पर्याप्त मात्रामा छन् । यता सैनिक जनरल र दरबारियाहरू दीपेन्द्रमाथि हत्याको दोष लगाएर सैनिक षड्यन्त्र माथि पर्दा हाल्ने प्रयत्न गरिरहेका छन् ।

विवेक शाह, रुकमाङ्गद कटवाल, डा. प्रेमसिंह बस्न्यात, टीका धमला, छत्रमान सिंह गुरुङ आदि सेना र दरबारियाहरू हुन या पत्रकार, प्राध्यापक, नागरिक समाज आवरणका बुद्धिजिवीहरू दुवै प्रवृत्तिको मूल उद्देश्य सैन्य षड्यन्त्रको रक्षा गर्नु देखियो । तथापि कतिपय सूचना सम्प्रेषण तथ्यमा पुग्नका लागि उपयोगी नै रहेका छन् । ‘रअ’ र ‘सिआईए’ को रणनीति अन्तर्गत चलाइएको माओवादी हिंसाका पछाडि नेपाली सेनाभित्रको राजा वीरेन्द्रको हत्या गर्ने सैन्य हेडक्वाटरको संलग्नतालाई राजा वीरेन्द्रसँग माओवादीलाई जोडेर ढाक्ने प्रयत्न ‘रअ’ कै प्रपोगान्डाको अर्काे मोडल देखिन्छ । जसमा नेपाली पत्रकार बुद्धिजीवि र पूर्व माओवादी वृतका लेखकहरू संलग्न छन् । कथित सेना समायोजनको क्रममा सहसेनानी बनेका माओवादी लडाकू यामबहादुर अधिकारी नै नेपाली सेनाकै गुप्तचर रहेको कुरा सार्वजनिक भइसकेको छ ।

चर्च मन्डलीका अध्यक्ष डा. केवी रोकाय, प्रेम कैदीहरू पर्दा भित्रबाट सहयोग गरिरहेका थिए । यी दुवै पात्र सेनाका गुप्तचर थिए । त्यसकै नयाँ मोडल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको एकीकृत जनक्रान्ति रहेको कुरा स्वयं उनीप्रतिको सैन्य अधिकारीहरूको चिन्ताले पुष्टि गरिसकेको छ । माओवादी द्वन्द्वकालमा माओवादी विरुद्ध सफल सैन्य कारबाही गरेका सेनाका कमाण्डरहरूलाई षड्यन्त्रपूर्वक निशाना बनाइयो । ती मध्येका हुन पूर्व सैनिक प्रवक्ता रमिन्द्र क्षेत्री । गोरखामा उनले गरेको सफल सैन्य कारबाहीका कारण दरबार हत्याकाण्ड र माओवादीसँग जोडिएको सैन्य हेडक्वाटरकै प्रज्ज्वल शमशेर राणा र कुमार फुदुङ तथा दरबारका शान्तकुमार मल्ल प्रवृत्तिको शिकार क्षेत्री र किरण बस्नेत बनेको आशङ्का अस्वभाविक होइन ।

यहाँसम्मकी २०५८ सालमा राजा ज्ञानेन्द्रले प्रस्ताव गरेको प्रधानमन्त्रीको जिम्मेवारी अस्वीकार गरेपछि दरबार र सेनाको (शान्तकुमार मल्ल, प्रज्ज्वल शमेशर जबरा कुमार फुदुङ) यही केन्द्रले माओवादीमार्फत् डा. केशरजङ्ग रायमाझीको नवलपरासी नवलपुरको घर आक्रमण गराएर ऐतिहासिक दस्तावेजहरू ध्वस्त गराएका थिए । ०६३/०६३ पछि माओवादीले पुर्याएको आर्थिक नोक्सानी राज्यद्वारा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी मात्र होइन देशैभरका सबैले क्षतिपूर्ति पाए पनि डा. केशरजङ्ग रायमाझीलाई दिइएन । जसको आधिकारीक अभिलेख सिंहदरबारमा सुरक्षित छ । क्रमशः…… (अर्काे शुक्रबार)


सम्बन्धित समाचार