Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
देशको प्रधानमन्त्रीले सुरक्षा सम्यन्त्रलाई विश्वास गरेन भने नेपाली जनताले कस्को विश्वास गर्ने ? यति खेर नेकपाका दुई समूह बिचको सत्ता र कुर्सीको लडाँइ नै राष्ट्रिय राजनीती माहोल तताउने गरेको छ । सम्बैधानिक अङहरुको मूल्य र मान्यता माथि प्रहार गरेर आफू शक्तिशाली बन्ने होडमा लागेका प्रधानमन्त्री केपि ओलीले आफ्ना अघि पछि हिन्ने नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धन विभागलाई बदनाम गराइदिएका छन् । राजनीतीक रुपमा आफू पंगू भएपछि नेताहरुले यसरी नै सुरक्षा प्रशासन र निजामति सेवा माथि प्रहार गर्छन् भन्ने उधारण प्रधानमन्त्री ओलीको म असुरक्षीत छू भन्ने भनाइ हो । मर्यदा र पदको ख्याल नगरि जगंली शैलीमा बोल्न थालेका प्रधानमन्त्री ओलीलाई उनका सल्लाहाकारहरुले समेत वास्तवीकता बताउन नसक्दा यो अहंकारी चरित्र सर्वजनिक भएको हो ।
प्रम आलीका सल्लाहाकार राजनीतीक रुपमा उनका कार्यकर्ता र गुठीयारा भारादाराहरु भएको कारण यो अवस्था देखिएको हो । सरकार प्रमुखले नै मुलुकको सुरक्षा अंग माथि सार्वजानिक रुपमा अविस्वास प्रकट गरेपछि नेपाली जनताले विश्वास गर्ने कस्को ? प्रधानमन्त्रीले आफ्नो सुरक्षाका निम्ति नेपाली सेनाका २०० नेपाल प्रहरीका १२० शसस्त्र प्रहरीका ३५ र राष्ट्रिय अनुसन्धान विभागका ५ जना सुरक्षा टीम खटेको थाहा नपाउनु भनेको उनलाई सत्ता अहंकारको मात जागेको छ भन्ने हो । मुलुकको प्रधानमन्त्रीले देशको सुरक्षा स्थीति कमजोर भएपनि डिउटीमा खटेको शक्तिलाई मनोबल बढाउने बोली र व्यवहार गर्नु पर्छ भन्ने कुरा जानकारी नराख्ने यीनै ओली कुनै बेला अल्पमत सरकारको गृहमन्त्री थिए ।
अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारीमा रहदा केपि ओलीबाट आफ्ना विरोधीहरुप्रति बोलिएका भाषा गरिएका व्यवहारले उनको राजनीती जीवन र चरित्रलाई प्रष्ट पार्दछ । नेपालमा कम्युनिष्ट पार्टी प्रति जनताको विश्वास भएकाले नै नेकपाले संसदमा स्पष्ट बहुमत ल्याएको थियो । तर त्यो बहुमतको प्रधानमन्त्री ओली द्वारा कदर नहुदा आफ्नै छाया देखेर उनी तर्सन थालेको छन् । झापा आन्दोलनमा दाहाल परिवारमाथि गरिएको अत्यचारले राजनीती परिवर्तन ल्याएन । तर त्यही आन्दोलनको नाउमा १४ वर्ष जेल बसेको योग्यता देखाएर गुटको राजनीती गर्दै आएका तीनै ओलीलाई आफु मुलुकको कार्यकारी प्रमुख हुँ भन्ने ख्याल भएन । मान्छे राजनीतीक रुपमा इमान्दार हुन्थे भने कम्युनिष्ट आन्दोलन माथि प्रहार गर्दैनथ्यो । जनताको अपेक्षा अनुसार अगाडि बढ्दा पार्टीको सिद्दान्त निति व्यवहार र शैलीलाई गम्भीर रुपमा लिन सक्दथ्यो । तर यहाँ ओलीबाद बाहेक नेपाली राजनीतीमा अर्काेबाद आउनै बाटो राखिएन । त्यही कारण जनताले दिएको विश्वास माथि प्रहार गर्दा प्रधानमन्त्री केपि ओलीलाई सुरक्षा समूहको बदनाम गर्न आइतबार लागेन ।
अपराधले सपनामा पनि गिज्याउछ भन्ने कुरा अब लुकाउनु पर्दैन । किनकी नेपालको राजनीतीमा नैतिकताको खेडेरी शुरु भएको अहिले होइन । कम्युनिष्टको नाममा सत्तामा बस्ने राज्य कोष लुट्ने लुटाहाहरुलाई आफ्नै छाया देखि तर्सनु पर्ने दिन पनि आए । त्यही कारण प्रम ओलीले मुलुकको सुरक्षा अंगमाथि प्रहार गर्दै आफू असुरक्षित भएको लाज मानेनन् । उनको यो भनाइ पछि राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देविराम शर्मा पूर्व रक्षा मन्त्री भिमसेन दास प्रदान पूर्व डिआइजी रमेश खरेलले मात्र होइन मुलुकका सुरक्षा सम्बन्धी बिष्लेशकहरु समेतले आस्चार्य प्रकट गरेका छन् । जबकी प्रम केपि ओलीको अधिनमा रक्षा मन्त्रालय छ । उनी प्रधानमन्त्री मात्र होइनन् रक्षा मन्त्री पनि हुन् । राष्ट्रिय अनुसन्धान विभाग उनकै मन्त्रालय अन्तर्गत रहेको छ भने सार्वजानिक रुपमा प्रधानमन्त्री यस्तो बोल्न सुहाउँछ ? उनलाई संवैधानिक दबाब त हुने नै भयो किनकी सर्वाेच्च अदालतले उनको निर्णयलाई उल्ट्याइदिएको छ । राजनीतिक दबाब अर्काे पाटो हो जहाँ उनले आफ्नै पार्टीको बहुमत प्राप्त सरकारको घाटी थिचेको छन् भने नैतिकताको कुरो त केपि ओली त्यसमा पनि गुटको नेतालाई लगाउने ठाँउ नै छैन । उनी यो देशका श्री ३ हुन् जसले जे बोले पनि कानूनी रुपमा छुट पाएको छ । त्यही कारण आफ्नै छायाको भूतबाट प्रधानमन्त्री ओली तर्सेका हुन् ।
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल