Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको उपचाररत अस्पतालले जनाएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले उनको अहिले भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था अत्यन्तै नाजुक रहेको बिहीबार राति रातोपाटीलाई बताए । केही दिनयता उनको भेन्टिलेटरमै उपचार भइरहेको उनको भनाइ छ। आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगञ्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए । कारागारबाट छुटेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी उपचारपछि डिस्चार्ज भएका आलमलाई फेरि त्यही समस्या बल्झिएपछि दसैँ अगाडि केएमसी अस्पतालमा भर्ना गरिएको थियो । केही दिन राखेर डिस्चार्ज भएका आलमलाई फेरी समस्या बल्झिएपछि तिहारअघि पुनः भर्ना गरिएको हो । उपचारकै क्रममा थप समस्या भएपनि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको हो।


सम्बन्धित समाचार

विद्यालाई खेदेको फल पकाउँदै एमाले

२०८३ बैशाख १२

ताजा नेपाल

रंगशाला लगेर सुकुम्बासी छानिने

२०८३ बैशाख १२

ताजा नेपाल