Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताको आशा कायमै रहेको बताएका छन् । आइतबार स्थायी समितिको बैठकपछि प्रवक्ता ज्ञवालीले केही नेताहरु विपक्षीलाई काँधमा राखेर उनीहरुलाई शक्तिशाली बनाउने प्रयासमा लागेपनि धेरैे नेता कार्यकर्ता एमाले एकताकै पक्षमा रहेकाले प्रयत्न र प्रयास जारी राखिएको बताए ।
‘एकतालाई मध्यनजर गरेर अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २३ गते आह्वान गर्नुभएको छ । त्यसैमा आधारित भएर अहिले छलफलहरु जारी छन् प्रवक्ता ज्ञवालीले भने । उनले कतिपय नेताका व्यवहार एकतासँग मेल नखाने खालका भएको भन्दै त्यसले एमालेलाई जोगाउन नसक्ने बताए ।
सीमित नेताहरुको यस्तो चाहना होला । तर, देशैभरका कार्यकर्ता र जनताको चाहना, स्थिरता र स्थायित्वका पक्षधर कसैको पनि चाहाना एमाले विभाजनको चाहना होइन । त्यसो भएर जनताको चाहनासँग उहाँहरुका क्रियाकलाप मेल खाएका छैनन्’, उनले भने, ‘हामी एकता जोगाउन प्रयत्नशील छौ, आशा मारेका छैनौं । तर अव नेताहरु के गर्नुहुन्छ आन्दोलन र व्यक्तिगत जीवलाई कसरी लानुहुन्छ यो भविष्यले निर्धारण गर्ला ।बैठकमा गत जेठ २७ गते सर्वोच्चले गरेको फैसलाका बारेमा समेत छलफल भएको छ ।
त्यसविरुद्धको एमाले भ्याकेटमा गैसकेको छ । बैठकले जेठ २७ को फैसला त्रुटिपूर्ण भएपनि मानेर नै चलेको भन्दै कानुनभन्दा बाहिर गएर गएको फैसला नटिक्ने एमालेको ठहर छ । एमालेले पार्टी नेताहरुलाई गरेको कारवाही बाध्यात्मक परिस्थितिमा गरेको भन्दै यसबारे कुनै निर्णय गर्नुपरेको खण्डमा गर्न सकिने बताए
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल