Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बहुमतका नाममा सत्ताका लागि जे पनि गर्ने योजनामा रहेका काँग्रेस एमालेलाई काँग्रेसकै एउटा समूहले असहयोग गर्ने भएको छ । सत्तारुढ दल कांग्रेस–एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन अग्रसर भएका छन्। दुवै दलका नेताहरूका अनुसार केही दिनमै उपसभामुखमाथि ‘पद अनुरुपको आचरण नगरेको’ प्रस्ताव दर्ता गर्ने तयारी छ। संवैधानिक परिषदमा कांग्रेसको उपस्थिति शून्य रहेकोले रानामगरलाई हटाउने तयारी भइरहेको सो पार्टीका एक नेताले नेपालखबरलाई बताए। यसअघि पनि उपसभामुख हटाउन दुवै दलले जोडबल गरेका थिए। यो तेस्रो प्रयास हुनेछ। उपसभामुख हटाउनुपर्छ भन्ने निष्कर्ष हो, अब फेरि अगाडि बढाउने कि भनेर एकपटक सरसल्लाह भएको छ, कांग्रेसका एक नेताले भने, दुईचार दिनपछि अघि बढ्न सक्छ। दर्ता भएको प्रस्ताव दुई तिहाइ मतले पारित भए मात्र उपसभामुख पदमुक्त हुने व्यवस्था छ। अघिल्लो वर्षको साउनमा गरिएको प्रयास दुई तिहाइ नपुग्ने भएपछि असफल भएको थियो। यही भदौ ३ गते पनि रानालाई हटाउने योजनासहित कांग्रेस–एमालेका सांसदहरूले खाली पानामा हस्ताक्षर गरेका थिए। तर, कांग्रेसभित्रै शेखर कोइराला समूहले नमान्दा पछि हट्नु परेको थियो। यसपटक भने पार्टीभित्रका सांसदलाई एकढिक्का राख्न कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली नै सक्रिय भएका छन्। उनीहरूले कोइरालासँग सहयोग समेत मागिसकेका छन्। शेखर दाइसँग पहिला पनि एक चरण कुरा भएको हो। फेरि एकपटक सल्लाह गरेर जाऊँ भन्नुभएको छ, देउवा निकट ती नेताले थपे, हाम्रै एकता भएन भने त्यसको अर्थ पनि हुँदैन। हामीबीच सल्लाह भयो र सबै एक भएर जाने अवस्था बन्यो भने त अगाडि बढ्न सक्छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे भने संकलित हस्ताक्षर अघि बढाउने विषयमा कुनै निर्णय भइनसकेको दाबी गर्छन्। त्यो विषयबारे अहिले केही निर्णयमा पुगिसकेको छैन। छलफल विभिन्न कोणबाट विभिन्न ठाउँबाट भइरहेको छ, घिमिरेले भने, तर, निष्कर्षमा पुगिसकेको अवस्था होइन। तर, कांग्रेस र एमालेका सांसदलाई देशबाहिर नजान निर्देशन दिइसकिएको छ। एक सांसदले बताएअनुसार उनको विदेश जाने कार्यक्रम यही कारण रोकिएको छ।
शेखर बने नायक
उपसभामुख राना हटाउने प्रयोजनका लागि भदौ ३ गतेदेखि खाली पानामा हस्ताक्षर गराइएको थियो। सोही दिन दर्ता गराउने योजना भए पनि शेखर कोइराला पक्षका अधिकांश सांसदले त्यसमा हस्ताक्षर गरेनन्। सोही कारण १५ दिनअघि रोकिएका देउवा–ओली अब भने कोइरालालाई विश्वासमा लिएर अघि बढ्ने निचोडमा पुगेका छन्। सरकारमै रहेकाले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७, जनमत पार्टीका ६ र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका ४ जनाले मत दिने निश्चित छ। नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन्। तर, अध्यक्ष रञ्जिता श्रेष्ठको निश्चित छ। अब कोइराला तयार भए दुईतिहाइ मत पुग्ने उनीहरूको विश्लेषण छ। त्यही भएर ओली–देउवाले कोइरालासँग भेटेर सहयोग गर्न आग्रह गरिसकेका छन्। यसैलाई लिएर आफू निकट सांसदलाई कोइरालाले दुवै भेटबारे जानकारी गराएका छन्। त्यसमा अहिले उपसभामुख हटाउन नहुने प्रस्ट अडान राखेको कोइरालालाई भेटेका एक सांसद बताउँछन्। तर, कोइरालाले देउवाको प्रस्तावमा सहमति नदिएको ती सांसदको दाबी छ। कोइराला तयार नभएकोबारे देउवाले प्रधानमन्त्री ओलीलाई पनि बताएका थिए। आफू चीन उड्नुअघि भदौ १२ गते साँझ ओलीले शेखरलाई बालुवाटार बोलाएका थिए। झण्डै दुई घण्टा विविध कुरा राखेपछि ओलीले उपसभामुख हटाउनुपर्ने कुरा निकालेको कोइरालानिकट अर्का सांसद बताउँछन्।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल