Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले एकढिक्का हुंदै नीति तथा कार्यक्रम पास गर्ने : मुख्यमन्त्री पौडेल र अष्टलक्ष्मीको संयुक्त निर्देशन

२९ जेठ, हेटौंडा । बागमती प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का भएको छ ।शनिबार बिहान नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न पार्टीका प्रदेश सभा सांसदहरुलाई निर्देशन दिएका हुन् ।नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य मुनु सिग्देलले बागमतीको नीति तथा कार्यक्रम पास गर्न बहुमत सदस्य रहेको एमाले एक ढिक्का हुने बताइन् ।शाक्यले संसदीय दलको बैठकमा बागमती प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए ।नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमालेका दुवै पक्षका सांसदहरु सहभागी भएका थिए ।नीति तथा कार्यक्रम आज बागमती प्रदेशमा निर्णायर्थ पेश हुँदैछ । बैठकले प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रुपमा माफी माग्नुपर्ने निष्कर्ष निकालेको निरौलाले बताए ।