Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । फागुन २१ मा चुनाव त हुँदैन । तर स्थायी निर्वाचन क्षेत्रका जनताले नपत्याउँदा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई भने अबको चुनाव लड्ने जिल्ला र निर्वाचन क्षेत्र खोज्न भ्याइ नभ्याई छ । माओवादीका युवा नेता शालिकराम जमकट्टेलको पहलमा उनी धादिङ २ बाट होस् वा १ बाट किन नहोस् चुनाव लड्ने तयारीमा छन् । ०७९ सालमा काँग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनमा जमरकट्टेल आफू प्रदेशमा बसेर १ मा रामनाथ अधिकारी, २ मा राजेन्द्र पाण्डेलाई जिताएका थिए । अबको चुनाव त्यस्तो हुँदैन ।
माओवादी र एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । त्यो पार्टीसँगको एकतामा अरु दल लेटरप्याडे भएकाले तिनको ठाउँ र क्षेत्र सीमित हुन्छ । निर्णायक रुपमा प्रचण्ड र माधवको टिम नै चुनावी रफ्तारमा काबिल हुँदा धादिङमा नेका र एमालेको गठबन्धन गरेको खण्डमा नेपाली कम्युनिष्ट पार्टीलाई केही कठिन हुने भए पनि काँग्रेसी द्वन्द्व र एमालेको खस्कँदो क्रेजले प्रचण्ड जहाँबाट उठ्छन् त्यो क्षेत्र विपक्षीको लागि सम्भव देखिँदैन ।
भन्न त प्रचण्डलाई पिपलपाते, जता मल्कु उतै ढल्कु नेता पनि भन्छन् । उनको व्यवहार र बाध्यता त्यस्तै भएको छ । जसको मुल कारण ०७४ मा भएको वामपन्थी गठबन्धन र एमालेका अहंकारी खड्गप्रसाद ओलीको चरित्र हो । ओलीलाई पनि अब वातवारण सहज छैन । त्यही कारण २३ विद्यार्थी मारेर आफू सुरक्षित बनी सेनाको कब्जामा १३ दिन बिताएर महेश बस्नेतको व्यवस्थापनमा बालकोट दरबारको खरानी ताप्दै गुण्डुमा बसेका ओलीले पनि भक्तपुर २ लाई आधार क्षेत्र बनाएका छन् । प्रचण्डलाई चितवन ३, गोखरा १, सिराहा ३, काठमाडौं १० का जनताले मत दिएर जिताएका थिए । तर उनको सुख सयलले कीर्तिपु्र जाँदा हेलिकोप्टर प्रयोग गर्नुले जनता रिसाए, पार्टीको नियमित आकस्मिकता र वैचारिक स्पष्टता आफ्नो स्वार्थमै रह्यो । परिवारवाद उनको मुल धर्म भयो । गुटवाद सहयोगी हो । जनयुद्धका लडाकु बिर्से, जनता बिर्सेर प्रचण्डकै छोरी ज्वाई, भाइलाई ठाउँ दिनु भन्दा पार्टीका अरु खटालुलाई ठाउँ दिनु पथ्र्यो । जनयुद्धमा उनको परिवारको लगानी थियो तर त्यो लगानी कतै मेयर कतै प्रदेश सांसद, कतै राष्ट्रियसभाको अध्यक्ष बनाउन प्रयोग गर्नु हुँदैनथ्यो । केपी ओलीले सन्तान नहुँदा भाई बुहारीलाई पनि ठाउँ दिएनन् । श्रीमती राधिका शाक्य मार्फत् शाक्य परिवारका सदस्यहरूलाई स्वकीय सचिव, मेयर, प्रदेश सांसद, राजदूत बनाउँदा ओली थर मिलेर फाइदा लिने मण्डले कोमल ओली गुटगत रुपमा यौन लम्पट महेश बस्नेत, ऐन महरहरू भए । आफ्नो मृगौला फेर्दा मृगौला दिने भाईबुहारीको समेत ख्याल नगर्ने केपी ओलीले अब झापालाई बिर्साउन भक्तपुर २ रोज्दैछन् । जसले मृगौला दियो उसैलाई चनिन्ने अोली राजा नै भएका छन् । एमालेको ११औं महाधिवेशन भक्तपुर सल्लाघारी चौर र नेपाल ट्रष्टको जमिनमा हुँदैछ । जहाँ गुण्डा नायक महेश बस्नेतको शासन छ, जो जहाँ जान्छ त्यहाँ विरोध भइरहेको छ । गुण्डाहरूबाट विरोधी तर्साउनु उसको क्षमता हो । गुण्डाकै भरमा केपी ओली एमाले गुण्डाको पार्टी हो भनेर चिनाउन युथफोर्सले नपुगेर युथ भोलेन्टियर्स समूह बनाए । जसको नेतृत्व लिएका चरित्र प्रहरीको कारबाहीमा सात पटक परेर पनि सत्ताको आडमा जोगिएका छन् । चन्दा असुली, कुटपिट, महिलामाथि हातपात र हत्या जस्ता काण्डका ती दोषी हुन् । अोली मुलुकको ४ पटक प्रम बन्दा उनले गरेको राम्रो काम भनेको भ्रष्टमाथि कारबाही नहुने, अपराधीलाई छुट दिने, देशको सार्वजनिक सम्पत्ति भूमाफियालाई सुम्पने, नेपाल ट्रष्ट, बायुसेवा निगमलाई धरासायी बनाएर हिमालयन एयरलाई व्यापार दिने, कालो बजारलाई छूट दिने, राज्यको सूचना आफैंले संकलन गरी दोषीसँग बार्गेनिङ गरेर झ्याप पार्ने मात्र नभई सरकारलाई रु १२ अर्ब राजश्व तिर्नु पर्ने व्यवसायी मिनबहादुर गुरुङसँग पार्टीको नाउमा कालु गुरुङ पत्नीको १४ रोपनी जमिन दान लिन पछि नपर्ने महान शुद्ध र सादाचारी नेताका रुपमा ओलीलाई जनताले चिन्छ । गृह जिल्लामा ओलीद्वारा प्रताडित मेडिकल व्यवसायी दुर्गा प्रसाईले टिकिखान दिने अवस्था छैन । त्यही कारण झापाको टावर अलपत्र छ । ओली त्यसमै रमाएका छन् । हिजो देशभर वामपन्थी र मोर्चाले चुनाव जित्दा झापामा ओलीले राजावादी राप्रापका अध्यक्ष राजेन्द्र लिङदेनसँग गठबन्धन गर्नु प¥यो । ०७९ मा ओलीकै कारण राप्रपा १४ सिटको धनी भयो ।
ओलीलाई सकस
गणतन्त्र, संघीयता, समावेशीताको मर्ममाथि प्रहार गर्ने ओली र गणतन्त्रका नायक पुष्पकमल दाहाल एक सिक्क भई दुई पाटा बन्न नसक्नुका कारण ओली हुन् । जसले आफू सबैतिर हैकम चलाउँदा महाराजको रुप देखाउँछ । र समयको आवश्यकतालाई ख्याल गर्दैन । संघीय लोकतन्त्रको संरक्षणमा सिन्को नभाँच्ने ओलीले पार्टी कब्जा गर्न जसरी एकल काटे शैलीमा पार्टीका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सचिव पदमा अर्याल, उपमहासचिव प्रदीप ज्ञवाली जस्ता लठैतलाई प्रयोग गर्दा एमालेको नेतृत्व तेस्रो पटक कब्जा गर्ने होडमा छन् । ओली विरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टिम बनाएर मैदानमा उत्रेका कारण पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई फकाउँदै सहअध्यक्ष बन्न उचाल्दैछन् । तर विद्याले ओलीको बेइमानी चरित्रका कारण विश्वास गरिनन् । जसले सदस्यता नविकरण रोक्छ उसेको कुरा पत्याउने कसरी शंका यहाँ छ ।
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल