Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको कठोरपनले जनताको निम्ति सिन्को नभाँचेको माफिया र तस्करहरूले खेलाएको पार्टीभित्र समस्या निम्त्याउँदैछ । ओलीलाई विद्या भण्डारी राष्ट्रपति हुँदा संविधान र कानुनको ख्याल नगरी रातारात गरेको असंवैधानिक काममा कति सघाउ पुग्यो त्यो बिर्सेका छन् । उनको एक मात्र योजना आफैंले आफ्ना लागि ल्याएको ७० वर्षे उमेर हदले मधव, झलनाथ र वामदेवलाई पाखा लगाएको गर्व हुन सक्छ । नदीको पानी सधैं फोहोर हुँदैन । एमालेमा विधि र विधानले ओली राज सधैं सहँदैन । त्यही कारण ओलीबाट वापमन्थी एकता सम्भव छैन भनेर नै उत्तरको साथमा देशभित्रकै वापमन्थीहरूको चिन्ता भित्र विद्याको उदय भएको हो । उनी पनि ओलीकै शैलीमा ५०÷६० केजीका मालामा रमाउन थालिन्, सरलता उनको पनि गुम्दैछ । देउवा, प्रचण्ड र उपेन्द्र त रमाउनेमै पर्छन् । ओली राजमा एमालेभित्र पार्टीका महिला कार्यकर्ता सुरक्षित नभएका प्रमाण बालिका खड्का र शोभा पाठकहरू हुन् । यी देखिए ऐन महरको बहादुर साइबर ब्यूरोदेखि सरकारी वकिलको कार्यालयसम्म ठोकियो । उनी मुक्त भए पीडित महिला पिडामै छिन् । भजन, स्तुती गाएर पार्टीको प्रगति हुन्न । विचार र सिद्धान्त भनेकै कमाउ, खाउ, राजश्व लुट, मस्ती गर हो भने एमालेको पछि लाग्न किन प¥यो ? एमालेका नेता धेरै अपराध गर्छन् । आलोचना तिनकै हुन्छ । तिनैले स्वतन्त्र प्रेसमाथि पञ्चायती निरंकुश तन्त्रको समयमा भन्दा कडीकडाउ गर्छन् भन्ने कुरा घाम जसतै छर्लङ्ग भएको छ । विवादित निर्णय वर्तमान सरकारले बढी गरेको छ । गृह, परराष्ट्रमन्त्री र तिनका निर्णयले जनताको भावनामाथि प्रहार गरे । लाजको पसारो रामनाथ ढकाल मारेर जेर परेको मान्छे व्यवस्था बदल्न जेल परेको गुड्डी हाँकेर निरंकुश बनिरहेका छन् । कुरा उनकै चर्का छन् । आफू र आफ्नो गुट बाहेक उनले अरुलाई देख्दैनन् । ओलीले पार्टीमा यसतै कर्म गरुन्, देशलाई यसरी नै खोक्रो पारुन भनेर राज्यले मृगौला उपचारमा रु १९ करोड खर्च गरेको हो ? जनताले सरकारको लगानीमा एक चक्की सिटामोल पाउँदैन, पैसा तिरेर गरेको स्वास्थ्य बीमा कार्यक्रम सरकारले सुचारु गर्दैन । शिक्षामा व्यापारी करण छ । निजामती क्षेत्रमात्र होइन प्रहरी पनि पार्टी करण छ । कामको अनुभव क्षमता र योग्यता भन्दा घुसलाई प्राथमिकता दिइएको छ । राष्ट्रिय स्वाभिमानका कुरा प्रचारमा छन् । व्यवहारमा छैन । देशभित्रै सरकारले बेरोजगार युवामाथि शोषण गरेको छ । ऋण तिर्न नसकेर आफ्नो उत्पादनको मूल्य समयमा नपाएर किसान आन्दोलिन छन् । सरकारले दिँदै आएको सेवा, सुविधा खोसेर गणतन्त्रको श्री ३ महाराज केपी ओली भएका छन् । उनले जे गर्छन् सबै ठिक भन्ने दास र हनुमानले पदको लोभमा विधि विधान, नियम, प्रक्रिया कुल्चे पनि ठिक भन्ला, विवेकशील मानवले त्यो भन्दैन । त्यही कारण विद्या ओलीको प्रतिस्पर्धामा मैदानमा आएकी हुन् । ओलीलाई रिस उठ्यो सदस्यता छैन भनिदिए । विद्याले अोलीको एकलौटी हनुमानवाद स्वीकार्ने अवस्था भएन । हिजो पार्टीले राष्ट्रपति बनायो, त्यो पदमा ओलीले झैं लिसो टाँसिनु पर्ने र पाउने अवस्था भएन । एउटा राजनीतिक कार्यकर्ताले तोकेको अवधिसम्म पार्टीको आग्रह मान्ला, निरन्तर कसैले पनि मान्दैन । सदस्यता होल्ड गर्ने अधिकार ओलीलाई हुँदैन । विधानले सामूहिक नेतृत्वको अवधारणा ल्याएको हो । ओलीको व्यवहार एकलौटी गर्ने छ । विद्याको साथमा भएका जति सदस्य र नेता छन् तिनलाई एकाएक डा. भीम रावल बनाउँला भन्ने सोच अध्यक्षको हो भने त्यो गलत हुन्छ । गलतलाई गलत नभन्ने दासहरूबाट पार्टी चल्दैन, देश कसरी चल्छ ? एमालेको विधान महाधिवेशन नेतृत्व नै चयन गर्ने झैं दुई धारमा गएको छ ।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल