Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। गएराति फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो। रियललाई जित दिलाउन भिनिसियस जुनियरले खेलको ५९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो।
खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड भएको भन्दै बदर भएको थियो । लिभरपुलले थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका उत्कृष्ट आक्रमण रियलका गोलकिपर थिबाउट कोर्टुवाले बचाऊ गरेका थिए ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल