Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आजको बर्षाद संगै हिउँ पर्दा दामन र सिम्भञ्ज्याङ डाँडा हिउँले सेताम्मे भएका छन । मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको दामन–सिम्भञ्ज्याङ क्षेत्रमा शुक्रबार बिहानै देखि बाक्लो मात्रामा हिउँ परेपछि सेताम्मे देखिएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन(सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको स्थानीयहरु बताउँछन् ।
दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै सबैभन्दा अग्लो क्षेत्र हो । यहाँ अहिले हिउँ खेल्नेको मनग्य उपस्थिति रहेको देख्न सकिन्छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल