Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दास पुस्ताकै वरपर एमाले

काठमाडौं । एमालेमा केपी ओलीले जे भन्छन् त्यो पार्टी नीति र सिद्धान्त मानिन्छ । त्यही कारण देशको अरवौं राजश्व डुबाउने माफिया दिपक भट्टमाथि सम्पत्ति सुद्धिकरण विभागको छानविन एकाएक रोकियो । ओली के चाहन्छन् ? उनको समृद्धि र विकासका योजना कस्ता छन् ? त्यो यहाँ भन्दा अरु खोज्नै पर्दैन । पोखराको लिचीबारी, झापाको गिरिबन्धु त छँदैछ । ललिता निवास काण्डका पौरखी विष्णु पौडेललाई उपाध्यक्षसहित अर्थमन्त्री बनाएर देखाइएको राजश्व चुहावटका कथा त कति कति ? आफ्ना जोगाउने अरु फसाउने ओलीवादमा संसदीय दलको नेता बन्न चाहना राखेर २५ जना सांसदमा आफू दलको नेता बन्छु भन्दा युवा सुहाङ नेम्वाङले अरुको साथ पाउने अवस्था थिएन ।

एमालेमा ओलीलाई डुबाउने विष्णु रिमाल, डा. राजन भट्टराई, भानुभक्त ढकाल, शंकर पोखरेल, पद्मा अर्याल, प्रदीप ज्ञवालीहरूको मोर्चा थन्केको छैन । यही जत्थाले एमालेमा जे हुँदैछ त्यो गराउन ओलीलाई उचाल्दै छ उनी भक्तहरूकै कुरा सुन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्रिय रामबहादुर थापा, उनकी पत्नी नैनकला थापा, पुत्र प्रतीक थापाहरू एमालेका गहना हुन् । पार्टीभित्र महिला कार्यकर्ताहरू असुरक्षित भएको त्यो एमालेमा निर्मला पन्त बलात्कार र हत्याको कुनै ग्लानी छैन । त्यहाँ ठूला बडाकै संलग्नता भएको हल्ला बजारमा फैलिए पनि छानविन भएको थिएन । सुन काण्डमा पनि तिनै थिए । संसदीय दलको नेता र पार्टीको र्कावाहक अध्यक्ष पदमा रहेका रामबहादुर थापा जस्तो मक्कल अध्यक्षमा थपना हुनुमा विष्णु पौडेलहरूले भनेको मान्दैनन् भनेर पार्टीभित्र चलखेल गर्ने विष्णु रिमालहरू छँदैछन् । नेकपा एमालेको दलीय धरातल खस्कनुको कारण नै ओली हुन् भन्ने सोच्नुपर्छ । उनको दम्ब र अहंकारले देशको कम्युनिष्ट आन्दोलन समेत धरासायी भयो । वाम मोर्चाको कथनले पार्टी धरासायी भएपछिको परिणाम हो भन्ने आज छर्लङ्ग हुँदैछ । अध्यक्षले प्रहरीको खोर छलेर अस्पतालमा डेरा गरे पनि गरुन् । उनका मित्र थपिन सक्छन् । नेकपा एमाले ठूलो हुँ भन्ने परेन । किनकि त्यसले देश बनाउने होइन लुट्ने हो ।

भाग्यमानी खतिवडा बेपत्ता
पार्टीमा दर्जनौं अर्थविद् छन् । केपीले सत्तामा रहुञ्जेल कानुनका पारखी टीकाराम भट्टराईलाई पुछेनन् । अग्नि खरेल त साथै थिए । तर जब बालेन सरकारले कार्की आयोगको रिपोर्ट कार्यान्वयन गर्ने भन्यो । गुण्डुमा कानुनविद् भट्टाराई उपस्थित भए । जबकि उनी खेदिएका थिए । ओलीले एउटा प्यादा डा. युवराज खतिवडा नामको अर्थविद् मात्र देखे । विशाल गु्रपको चकलेटमा कर घटाउने विद्युतीय सवारीमा कर बढाउने तिनै थिए । ओलील्े नै खतिवडालाई योजना आयोगको उपाध्यक्ष, गभर्नर, सांसद, अर्थमन्त्री, अमेरिकाको राजदूत र प्रधानमन्त्रीको सल्लाहकार पद दिलाए । जब ओली पक्राउ परे खतिवडा कतै देखिएनन् । आफ्नो सेवक पक्राउ पर्दा कता गए ? डा. मोती दुगड र राज्यलक्ष्मी गोल्छा पनि ओलीले माया गर्नेमा पर्छन् । तर उनीहरू सडक आन्दोलनमा कतै देखा परेनन् । जुन आन्दोलन ओलीको रिहाईसँग जोडिएको छ ।