Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टीभित्रका अन्तरघाती खोज्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिनदेखि अखिल (क्रान्तिकारी) मा देखिएको समस्या समाधानसम्मका निर्णयहरू भएको पार्टीका नेता कृष्णबहादुर महराले जानकारी दिए । जसमा अनुशासन विभागका संयोजक टंक राई संयोजक रहने गरी केन्द्रीय सदस्यहरू मुक्ति प्रधान र खिमलाल देवकोटा सम्मिलित रहेको नेता महराले जानकारी दिए । यस्तै अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका लागि पूर्वविद्यार्थी नेताहरू सम्मिलित तीन सदस्यीय सुझाव समिति गठन भएको उनले जानकारी दिए । जसमा रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल सदस्य छन् । यस्तै प्रदेश कमिटी र केन्द्रीय कमिटीबीच आगामी निर्वाचनका लागि समन्वय गर्न प्रदेश इन्चार्जहरूको नेतृत्वमा प्रदेश समन्वय समिति बनाइएको छ । जसमा सो प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य र सबै प्रदेश कमिटीका पदाधिकारी रहने निर्णय भएको नेता महराले जानकारी दिए ।
आगामी साउन १८ देखि भदौ ३ गतेसम्म सबै प्रदेशमा प्रशिक्षण तथा बैठक कार्यक्रम गर्ने पनि स्थायी समितिले निर्णय गरेको छ ।
जसमा साउन १८ गते गण्डकीमा, २० गते १ नम्बर प्रदेशमा, २४ गते लुम्बिनीमा, २९ गते कर्णालीमा, २८ गते सुदूरपश्चिममा, ३० गते विशेष प्रदेशमा भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवास विशेष प्रदेशमा प्रशिक्षण तथा बैठक हुने नेता महराले बताए ।