Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबार र बुधबार स्थगित भएको बैठक आज विहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने बताइएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसहित स्थायी कमिटीका सदस्यहरुको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । मंगलबार प्रचण्ड निवास खुमलटारमा बसेको बसेको पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
आज १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीहरूको नाम बैठकले अनुमति दिने नेताहरुको दाबी छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रही केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम पनि छ। गत पुसमा महाधिवेशन गरेको माओवादीले ६ महिना हुँदा पनि पदाधिकारीसहित स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न सकेको छैन। माओवादीको केन्द्रीय कमिटी बैठक आइतबार सुरु भएको हो।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल