Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमति प्रदेशमा कृषि मन्त्रालय ठप्प

काठमाण्डौ । देशैभरि कोरोना कहरले आतंकित बनाइरहेको बेला राष्ट्र सेवक कर्मचारी कोरोना संक्रमण देखिएपछि बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । नेपालमा कोरोना कहरबाट मन्त्रालय ठप्प भएको सायद यो नै पहिलो हो ।

बागमति प्रदेशको कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले कार्यालयमा प्रत्यक्ष उपस्थित भएर गरिने सम्पूर्ण कार्य हालका लागि रोक लगाइएको र कर्मचारीहरुलाई निवासबाटै कार्य संचालन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण कार्यालय संचालनमा समस्या आएकाले मन्त्रालयले आजबाट सर्वसाधारण र कर्मचारीलाई आवतजावतमा रोक लगाएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताएका हुन् । मन्त्रालयमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा, सचिव मतिना वैद्य लगायत कर्मचारीहरुले आ–आफ्नो निवासबाट कार्यसम्पादन गरिरहेको उनले बताएका छन् ।

उनका अनुसार संक्रमणको जोखिमका कारण सोमबार मन्त्रालयमा २/३ जना मात्र कर्मचारीहरु उपस्थित भएर कार्य संचालन गरिरहेको थियो । संक्रमणको जोखिम बढेकाले कन्ट्रयाक ट्रेसिङ गरी स्वाब संकलन तथा परिक्षणको दायरालाई बढाइएको मन्त्रालयले जनाएको छ ।