Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा किसानलाई अपमानित गर्ने शैलीमा लेखेको स्टाटसप्रति अखिल नेपाल किसान महासंघले कडा आपत्ति जनाएको छ ।
महासंघले मंगलबार आज एक विज्ञप्ति जारी गर्दै उक्त स्टाटस हटाएर तत्काल सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ ।
महासंघले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,मेयर साहको फेसबुक स्टाटसमा प्रयोग गरिएको किसानझैं फोहर भन्ने शब्दले मुलुकभरिका कृषकहरूको इज्जत र श्रमप्रति गम्भीर अपमान गरेको छ ।
विज्ञप्तिमा मेयरजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट किसान समुदायप्रति यस्तो अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण र अस्वीकार्य भएको उल्लेख गरिएको छ । महासंघले साहले आफ्नो उक्त स्टाटस फिर्ता लिएर सार्वजनिकरूपमा माफी मागेमात्रै विवाद अन्त्य हुने स्पष्ट पारेको छ ।
महासंघका अनुसार किसान देशको मेरुदण्ड हुन । उनीहरूको श्रमले नै देशको अर्थतन्त्र चलेको छ । तर राजधानीको नेतृत्व गर्ने मेयरबाटै किसानमाथि अपमानजनक टिप्पणी आउनु कृषिप्रति सरकार र नेतृत्वको दृष्टिकोण कस्तो छ भन्ने देखाउने उदाहरण हो ।
विज्ञप्तिमा कृषि पेशाप्रति जनप्रतिनिधिहरूले सम्मानजनक दृष्टिकोण राख्नुपर्ने उल्लेख गर्दै यस्तो गैरजिम्मेवार अभिव्यक्ति दोहोरिए किसान महासंघले विरोध कार्यक्रमको तयारी गर्ने चेतावनीसमेत दिएको छ ।
महासंघले किसानप्रतिको यस्तो व्यवहारले कृषकहरूको मनोबल घटाउने र कृषिप्रति युवापुस्ताको आकर्षण घटाउने चेतावनी पनि दिएको छ ।
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल