Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एमालेभित्र पार्टी हेर्डक्वाटरको नजरमा पर्न सक्यो भने पटक पटक अवसर पाइन्छ भन्ने कुरा केही नेताहरुले लगातार पाइरहेको मौकाले देखाउँछ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छन् । ‘घुस डिल’ गरेको अडिओ सार्वजनिक भएपछि राजेन्द्रकुमार गुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्रीको केपी शर्मा ओलिको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् । गुप्ताले राजीनामा दिएपछि रिक्त पदमा नेकपा एमालेले राष्ट्रिय सभा सदस्य न्यौपानेलाई पठाएको हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी न्यौपाने २०७६ सालमा राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् । भानु नगरपालिकामा न्यौपानेले ९ हजार ६४ मत पाउँदा नेपाली कांग्रेसका उदयराज गौलीले ९ हजार ५३८ मत पाउँदै निर्वाचित भएका थिए । राष्ट्रिय सभामा महिलातर्फ न्यौपानेलले ३ हजार ३ सय ६६ मतभारसहित निर्वाचित भइन् । कांग्रेसकी विमला गौचनले २ हजार ३ सय ४० मत भार पाएकी थिइन् । न्यौपानेसँग गण्डकीबाट तत्कालीन नेकपा र अहिले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निर्वाचित भएका थिए । न्यौपाने र श्रेष्ठ निर्वाचित हुँदा एमाले र माओवादी एउटै थियो । राष्ट्रिय सभाको कार्यकाल सकिन करिब ७ महिना बाँकी हुँदा भगवतीले मन्त्री हुने अवसर पाएकी हुन् । उनी राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकसमेत थिइन् । न्यौपाने अनेरास्ववियुमार्फत नेकपा एमालेको राजनीतिमा प्रवेश गरेकी हुन् । गोर्खा क्याम्पसमा अध्ययनको क्रममा अनेरास्ववियुको राजनीतिमा लागेकी न्यौपाने त्यसयता निरन्तर राजनीतिमा छिन् । उनी अनेमसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, नेकपा एमाले तनहुँको जिल्ला कमिटि सदस्य, सचिव हुँदै चितवनमा सम्पन्न एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल