Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेस र एमालेबाहेकका दल मिलेर सरकार बनाउने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ५ दल सहमत भएका हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको माओवादी संसदीय दलका नेता युवराज भट्टराईले जानकारी दिए । जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । ५६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने भट्टराईले नेपाल प्रेसलाई बताए । सहमति जुटाउन बसेको बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा बसेको बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका दलका नेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जैलुनराइन र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोबिन्द बहादुर न्यौपाने सहभागी थिए । १०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । हाल प्रदेश सभामा जसपा नेपालको १९ सीट छ । अशोक राई पक्षका सांसदले पनि दल विभाजन अदालतमा विचाराधीन रहेकाले उपेन्द्रकै पक्षमा उभिने बाध्यता छ । त्यस्तै जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । तीन दल मिलाएर ५७ सिट पुग्छ । लोसपाका एकजना सांसद निलम्वित भएकाले ५६ सीट छ ।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल