Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सांसद, प्रधानमन्त्री तथा मन्त्री बस्ने सिंहदरबारमा सेवाग्राही तथा विभिन्न पार्टीका नेता र कार्यकर्ताको चहल पहल हुने गरे पनि चुनावको मिति घोषणा भएपछि कतिपय सांसद तथा मन्त्री चुनावको तयारीमा लागे भने कतिपय आन्दोलनमा सहभागी भएका थिए । ती मन्त्री, सांसदसँग आउने कार्यकर्ता तथा नेताहरु पनि हुने गर्दथे । पुस ५ को असंवैधानिक कदमले सिंहदरबार सुनसान देखिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि सिंहदरबारमा फेरि चहलपहल बढेको छ । फागुन १४ गतेको मन्त्रिपरिषद्को बैठकले २३ गते प्रतिनिधिसभाको बैठक बस्ने निर्णय गर्दै राष्ट्रपति कहाँ सिफारिस गरेपछि चहलपहल बढेको हो ।
आ–आफ्नो जिल्ला पुगेका सांसदहरु काठमाडौं फर्किसकेका छन् भने चुनाव नहुने भएपछि मन्त्रीहरु पनि जिल्ला दौडाहा छाडेर सिंहदरबार केन्द्रीत भएका छन् । मन्त्री कति दिनसम्म रहने भन्नेमै निश्चित नभएको कारण मन्त्रीहरुले मन्त्रालयमा विशेष समय दिन थालेका छन् । त्यसले गर्दा अलि चहल पहल बढेको कर्मचारीहरु बताउछन् ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि मन्त्री पनि नियमित मन्त्रालय आउन थालेका छन् । मन्त्री मन्त्रालयमा आएपछि कार्यकर्ताको भिडभाड स्वभाविक रुपमा बढ्छ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलको कार्यालयमा कार्यरत अधिकृत नरमान महर्जनका अनुसार अघिपछि सुनसान नै हुन्थ्यो तर आजदेखि चहल पहल बढेको छ । फाटफुटरुपमा माननीयहरु आउन थाल्नु भएको छ ।
यस्तै कृषि मन्त्रालयका एक सहसचिवले पनि मन्त्रालयमा निकै चहल पहल बढेको बताए । उनले भने, ‘केही दिनदेखि मन्त्रालयमा पार्टी नेता तथा कार्यकर्ताहरु चाप अहिले बढी नै देखिन्छ ।
प्रतिनिधिसभा सदस्य एकवाल मियाले संसद विघटन भएको बेलामा आफू बाहिरी काममै व्यस्त भएको भन्दै पछिल्लो समय सिंहदरबार पुग्दा चहल पहल बढेको पाइएको बताए छन् । संसद् विघटन भएपछि पुनःस्थापना हुन्छ कि हुँदैन भन्ने अन्योल थियो त्यही कारणले अधिकांश सांसदहरु घरघर पुगिसकेका थिए । उनले भने अहिले संसद् बैठक बस्ने मिति तय भएपछि सांसदहरु काठमाडौं आउन थालेपछि स्वाभाविक रुपमा सिंहदरबारमा चहलपहल बढेको हो ।
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल