Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव समूहको यस्तो बन्यो रणनीति

काठमाडौं । एमालेमा फर्किंदा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको लगातारको पेलानमा परेको नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले पार्टीभित्रै मुकाबिला गरेर अघि बढ्ने निर्णय गरेका छन् । नेकपा एमालेको माधव नेपाल समूहले दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो। सो समूहको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी गराउँदै नेता योगेश भट्टराईले यस्तो बताएका हुन्। पार्टी सुदृढीकरण अभियानको लागि केन्द्रका नेताहरु खटाएर देशभर विचार गोष्ठी आयोजना गर्ने निर्णय भएको उनले बताए। जसअन्तर्गत प्रशिक्षण, भेला र संगठन विस्तारमा जोड दिइने उनले बताए। त्यस्तै, आजको बैठककले एकता बचाउनका निम्ति फागुन २३ को फैसला अनुसार नै एकतामा फर्कन अध्यक्ष केपी ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेको उनले बताए। उनले भने, हामीलाई कारबाही ठूलो कुरो लागेको छैन। कारबाहीले छुँदैन। कुनै दिन केपी ओलीले पुनर्विचार गर्नु हुनेछ। फर्किनु उत्तम विकल्प हो। यसैगरी, वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउन काठमाडौंमा भव्य कार्यक्रम गर्ने तथा जेठ ३ गते मदन आश्रित स्मृति दिवस मनाउने निर्णय बैठकले गरेको छ। एमालेको स्थायी कमीटीले ૪ र ५ गतेको भेलामा प्रस्तुत प्रतिवेदनमा आएका सुझाव समेटेर त्यसलाई अन्तिम रुप दिइने समेत नेता भट्टराईले जानकारी दिए। त्यस्तै, पार्टीभित्रका कार्यशैलीगत भिन्नताका बारेमा प्रशिक्षण पुस्तिका समेत प्रकाशन गरिने उनको भनाइ थियो।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल