Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राजनीतिक रुपमा सचेत भएको र विद्रोहको आगो बालेको रुकुम पूर्व जस्तो जिल्लामा बारम्बार महिला हिंसा र सामाजिक विभेदका घटना किन हुन्छन् ? के त्यहाँका माओवादी काग्रेस एमालेका नेताहरु साही खान्दानलाई बचाएर सामाजीक विकृति यथाबत राख्ने अभियानमा छन् । यो प्रश्न तिनीहरु माथि उठेको छ जो काठमाण्डौमा डलर खेती गर्ने महिला हिसा विरोधी अभियानमा चर्का भाषण गर्छन् । प्राप्त समाचार अनुसार दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परेका छन् ।
जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा रुकुम पूर्वका २३ र १४ वर्षका युवक पक्राउ परेका हुन् । १ गते घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्रै प्रहरीमा आफन्तको निवेदन परेको र लगत्तै खोजलतास गर्दा रुकुमकोटबाट उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताएका छन् ।दुईजना किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनायो ।
चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरुमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको डीएसपी श्रेष्ठले बताएका छन् । पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । किशोरीहरुको स्वास्थ्य परीक्षण गरी प्रहरीको संरक्षणमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र छिटै आफन्तको जिम्मा लगाउने डीएसपी श्रेष्ठले बताएका छन् ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल