आजको कारोबारपछि नेप्से परिसूचक २७०५ अंकमा झरेको छ । बजार खुल्दा हरियो देखिएको नेप्से ५ मिनेट पनि टिक्न सकेन । दिउँसो १२ : ५३ बजे नेप्से परिसूचक दिनभरको न्यूनतम अंक २७०१ सम्म झर्यो ।
आज कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४ करोडको भयो ।
७३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । व्यापार ०.३१ प्रतिशत बढ्यो ।
बैंकिङ ०.३२, विकास बैंक ०.४२, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.१६, हाइड्रोपावर ०.२८, लगानी ०.२०, उत्पादन तथा प्रशोधन ०.१४, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.४० तथा अन्य ०.०६ प्रतिशत घटे ।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ७०३.१० रुपैयाँ तथा एपोलोको ६०२.४० रुपैयाँ पुगेको छ ।
दोल्ती पावरको ६.३४, बुंगल हाइड्रोको ५.५१ तथा मेन्छियाम हाइड्रोपावरको ४.२२ प्रतिशत मूल्य बढ्यो । त्यस्तै सयपत्री हाइड्रोपावरको ४.९०, युनिक नेपाल लघुवित्तको ४.०३, कालिन्चोक हाइड्रोपावरको ३.५४, रिलायन्स स्पिनिङ मिल्किो ३.४१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, सिद्धार्थ बैंक, रावा इनर्जी, रिलायन्स स्पिनिङ मिल्स र बुंगल हाइड्रो छन् ।
