Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर जानुपर्ने बताएका छन् । उनले बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–माधव समूहले दर्ता गर्ने जानकारी दिए ।
उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए । प्रतिनिधिसभाका सदस्य समेत रहेका डा कोइरालाले भने, ‘नेकपालाई फुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन । महामन्त्री जस्तो नेताले मूलूकको असंवैधानिक कदमको विरोधमा पार्टीलाई लगेपछि जून पक्ष असंवैधानिक कदम विरुद्ध छ त्यो पक्ष सँग मिल्दा आफ्नो पार्टीलाई फाइदा हुने कुरामा जोड दिनु स्वभाविक छ ।
उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने बताए । फरक प्रसंगमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने जनाउँदै अब भने मिति नसर्ने अडान लिएका छन् तर उनको दक्षता र क्षमता नहुदा माहामन्त्री पूर्ण बहादुर खड्काबाट कार्यलयको सम्पूर्ण काम हुदै आएको छ ।
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल