Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिराहाका प्रहरी प्रमुख पाण्डेको जिम्मेवारी खोसियो

१९ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डे जिम्मेवारीबाट हटाइएका छन् । उनको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा भएको हो ।

पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक ९एसपी० अर्जुन तिम्सिनालाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए ।

उनको सरुवामा सत्तारुढ नेपाली कांग्रेसका सभापति रामचन्द्र यादवसँगको विवादले काम गरेको अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न दबाब दिएको अधिकृतहरु बताउँछन् ।

तर सहयोग नगरेपछि आफ्नो सरुवा भएको पाण्डेले निकटस्थहरुसँग बताउने गरेका छन् । सरुवा भएपछि पाण्डे हतियारसहित यादवको घरमा गएर धम्क्याउने कोशिश गरेको यादव पक्षले बताएको छ


सम्बन्धित समाचार